मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
आफ्नो अपेक्षाको ठीक उल्टो रातारात सरकारको समीकरण फेरिएपछि नेपाली कांग्रेसका मन्त्रीहरू गाडीको झण्डा छोपेर सभापति शेरबहादुर देउवाको निवासबाट फर्किएका छन् ।
आफू सबैभन्दा बढी हिस्सासहित सरकारमा सहभागी भए पनि रातारात प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपाको समीकरणको अर्को गठबन्धन बनाएपछि देउवाले पदाधिकारी र पूर्व पदाधिकारीलाई छलफलका लागि सोमवार बिहान आफ्नो निवास बूढानीलकण्ठ बोलाएका थिए ।
निवासमा देउवाले ‘प्रधानमन्त्रीले सत्ता गठबन्धन तोड्नुभयो’ भन्ने ब्रिफिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले गठबन्धन तोडेको भन्दै मन्त्रीले राजीनामा नदिने भन्दै प्रधानमन्त्रीले नै हटाउने पर्खाइमा बस्ने निर्णय कांग्रेसले गरेको छ । देउवा निवासबाट यस्तो निर्णय गरेर फर्किँदा कांग्रेसका मन्त्रीत्रय उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानून मन्त्री धनराज गुरुङ पदाधिकारीको हैसियतमा देउवासँग छलफल गर्न पुगेका थिए । तीनमध्ये गुरुङ मन्त्रीको गाडीको झण्डा छोपेर देउवा निवासबाट फर्किएका हुन् ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेपछि मन्त्रीले राजीनामा दिइरहनु नपर्ने जानकारी दिए ।
‘बैठकमा सभापतिले प्रधानमन्त्रीबाटै गठबन्धन तोडिएको बताउनुभयो । अब नेपाली कांग्रेस प्रतिपक्षमा नै रमाउँछ’ बैठकपछि लेखकले भने, ‘प्रधानमन्त्रीले गठबन्धन तोडेकोले अब कांग्रेसका मन्त्रीले राजीनामा दिइरहनुपरेन ।’
अर्थमन्त्री डा. महतले पनि नयाँ समीकरण बनेपछि अब राजीनामा दिइरहनु जरुरी नभएको बताए ।
तर अर्को समीकरण बन्ने पक्का भएपछि देउवा निवासबाट खड्का, महत निजी गाडीमा पुग्दा र गुरुङ झण्डासहितका गाडीमा पुगेका थिए । तर फर्किँदा उनी झण्डा छोपेर निस्किएका छन् ।
कांग्रेस गत चैत १७ गते प्रचण्डको नेतृत्वको सरकारमा सहभागी भएको थियो । गत चुनावमा माओवादीसँगै मिलेर गए पनि एमालेको सहयोगमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
देउवाले प्रधानमन्त्री नदिने अडान लिएपछि प्रचण्ड ओलीको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर कांग्रेसले विश्वासको मत दिँदै राष्ट्रपति आफ्नो भागमा पारेपछि एमाले सत्ताबाट बाहिरिने र कांग्रेस भित्रिने परिस्थिति बनेको थियो ।
तर फेरि एक वर्षपछि २१ फागुनमा कांग्रेस बाहिरिने र एमाले सरकारमा प्रवेश पाउने गरी नयाँ समीकरण बनेको छ ।
नयाँ समीकरण बन्ने भएपछि गएराति नै देउवाले मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । संकेत राम्रो नभएको भन्दै उनले मन्त्रीबाट फिर्ता हुने तयारी गर्न पनि देउवाले निर्देशन दिएका थिए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...