×

स्वतन्त्र सांसद सिंहले नयाँ गठबन्धनलाई साथ दिने

काठमाडाैं | फागुन २१, २०८०

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पनि नयाँ बनेको सत्ता गठबन्धनलाई साथ दिने भएका छन् । आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिने बचन दिएको उनले बताए । 

प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन सम्वादमा सिंहले सहयोग गर्ने बचन दिएका हुन् । 'सत्ता समीकरण फेरिँदै छ भन्ने कुरा तीन दिन पहिलेदेखि नै मलाई थाहा थियो,' सिंहले लोकान्तरसँग भने, 'आज बिहान पनि फोनमा प्रधानमन्त्रीज्यूसँग कुरा भएको छ । मेरो पनि समर्थन रहने भनेको छु ।'


Advertisment

नेपाली कांग्रेससँगको गठबन्धनले संविधानको रक्षा गर्न नसक्ने देखिएपछि संविधानको रक्षा गर्ने उद्देश्यले नयाँ गठबन्धनलाई आफ्नो समर्थन रहने उनले बताए । 'नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहस भएको छ । त्यो बहस हुनु भनेकै संविधान विरुद्धको बहस हो,' उनले भने, 'कांग्रेसकै मन्त्रीहरू भ्रष्टाचारमा संलग्न रहेकाले उक्त गठबन्धनको सरकारको विरोध गरेको थिएँ । अब यो सरकारले सुशासन ल्याउनु पर्छ भन्ने शर्तमा समर्थन दिने हो ।'


Advertisment
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x