×

मन्त्रालय बाँडफाँटको गृहकार्य​

भागबन्डा मिलाउन कार्यदल बैठक बस्दै, तानातानमा गृह मन्त्रालय

काठमाडाैं | फागुन २२, २०८०

फाइल फोटो

मन्त्रालय भागबन्डामा सहमति जुटाउन सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक मंगलवार बस्दैछ ।

Laxmi Bank

सत्तासाझेदार चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र जसपाका नेता सम्मिलित कार्यदलको बैठक बालुवाटारमा बस्न लागेको हो ।


Advertisment

कार्यदलमा एमाले महासचिव शंकर पोखरेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपाका स्वर्णिम वाग्ले र जसपाका राजेन्द्र श्रेष्ठ छन् । 


Advertisment

कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन पेश गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने नेताहरूले बताएका छन् । मन्त्रालयको विशेषताको आधारमा वर्गीकरण गर्ने चार दलबीच सहमति भएको थियो ।

गृहमन्त्रालय कसले लिने भन्नेमा सहमति जुट्न सकेको छैन । माओवादी र रास्वपाले गृह मन्त्रालयमा दावी गरिरहेका छन् । 

गृह आफैले राखेर अर्थ मन्त्रालय एमालेलाई दिने प्रधानमन्त्रीको चाहना रहेको माओवादी स्रोतको भनाइ छ । भौतिक पूर्वाधार लगायत अन्य रोजेको मन्त्रालय लिन माओवादी र एमालेले रास्वपासँग आग्रह गरेका छन् ।

२०७९ पुस ११ गते रास्वपा सभापति रवि लामिछाने गृह र उपप्रधानमन्त्री सहित सरकारमा सहभागी भएका थिए ।

नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएपछि उनको पद गएको थियो । रविले गृह मन्त्रालय लिएर आफै सरकारमा जान लागेका छन् । 

कांग्रेससँगको गठबन्धन तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा लगायतसँग सोमवार नयाँ गठबन्धन बनाएका थिए ।

सोमवार तीन जना विनाविभागीय मन्त्रीले शपथ लिएका थिए ।

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २३, २०८०

सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । ​ मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x