×

नयाँ सत्ता समीकरण

प्रचण्डसँग भड्किए माधव नेपाल, सबै भइसकेपछि मात्र सम्झिएकोमा 'फायर' !

काठमाडाैं | फागुन २२, २०८०

कांग्रेस–माओवादी गठबन्धन सरकार ढलेपछि आलोपालोमा प्रधानमन्त्री कुरेर बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भड्किएका छन् ।

Laxmi Bank

एउटा गठबन्धन टुटाएर अर्को बनाउने छलफलमा आफूसँग कुनै परामर्श नगरेको भन्दै नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भड्किएका हुन् ।


Advertisment

गठबन्धन टुटेर आफ्नो पालो नआएको भन्दा पनि २१ फागुनमा बनेको नयाँ गठबन्धनमा उपेन्द्र यादवले जति पनि भाउ नपाएको भन्दै नेपाल असन्तुष्ट बनेका हुन् । 


Advertisment

कांग्रेसलाई बिदा गर्दै प्रचण्डले एमालेको साथ लिएर बनाएको समीकरणमा नेपाल शुरूआति चरणमा छुटेका हुन् ।

एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१ र जसपा १२ सहित १४२ सीटको बहुमत पुग्दा नेपाललाई प्रचण्ड र ओलीले छुटाएका छन् । नेकपा एसका १० सांसद छन् ।

जसपाले मधेशको मुख्यमन्त्रीदेखि केन्द्रीय सत्तामा प्रभावशाली उपस्थिति खोजेपछि उसलाई साइजमा राख्न पनि प्रचण्ड र ओलीलाई माधव नेपालको खाँचो छ । बागमती प्रदेशको सरकार गठनमा पनि नेकपा एसको साथ महत्त्वपूर्ण हुन्छ ।

यादवको जसपालाई पनि फेरिएको समीकरणमा शुरूबाटै मन्त्रीमा शपथ गराउने तयारी प्रधानमन्त्रीका थियो । तर, यादवले प्रस्टै रूपमा भागबन्डा खोजेपछि सोमबार एमाले, माओवादी र रास्वपाबाट एक–एकजना मन्त्रीले मात्रै शपथ लिएका छन् । 

नेपाल असन्तुष्ट बनेपछि उनलाई फकाउन ओली र प्रचण्ड दुवैले कसरत गरेका छन् । प्रचण्ड माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर सोमबार बेलुका नेपालको कोटेश्वरस्थित निवासमा पुगेका थिए । प्रचण्डले गठबन्धन सरकारमा आउन आग्रह गरेका थिए । तर, कसरी सरकारमा सहभागी गराउने भनेर कुनै मोडालिटी प्रस्तुत गरेका थिएनन् । बरु नेपालले हतारमा सरकार बदलेको भन्दै प्रचण्डसँग असन्तुष्टि पोखेका थिए । प्रचण्डले अप्ठ्यारो परेपछि ‘सँगै मिलेर सरकारमा जाऊँ’ भन्दै राखेको प्रस्तावमा नेपालले सकारात्मक प्रतिक्रिया दिएनन् ।

‘नयाँ समीकरणका लागि उपेन्द्र यादवलाई फोन गर्ने, सल्लाह गर्ने, तर माधव नेपाललाई किन फोन गरिएन ?’ समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले लोकान्तरसँग भने, ‘हिजो कति अप्ठ्यारो र पेचिलो अवस्थामा हामीले सहयोग गरेका थियौं । आज एकाएक सरकार बदल्ने छलफल र प्रक्रियामा सहभागी नगराएपछि हामी हतारिएर सरकारमा लुरुक्क गइहाल्ने मनस्थितिमा छैनौं ।’

नेपालसँगको भेटका लागि एमाले अध्यक्ष ओली जाने भनिए पनि उनी गएनन्, बालुवाटारमै बसे । तर, फोन भने गरेका छन् ।

'अध्यक्ष कमरेडले नेपाललाई फोन गर्नुभएको हो,' एमालेका एक नेताले लोकान्तरसँग भने, 'फोनमा उहाँको स्वास्थ्य लाभको कामना गर्नुभयो । स्वाभाविकरूपमा नयाँ बनेको गठबन्धनलाई साथ दिन आग्रह गर्ने कुरा हुने नै भयो, उहाँले गर्नुभयो ।'

ओलीले नेपाललाई प्रचण्डकै कुरा आफ्नो पनि कुरा भएको बताएका थिए । नेकपा हुँदै एमालेमा तनावपूर्ण स्थिति उत्पन्न भएपछि छुट्टिएका नेपाललाई ओलीले सरकारमा मिलेर जाने प्रस्ताव राखेका थिए । तर, नेपालले धन्यवाद मात्रै भनेको समाजवादीका नेता खतिवडा बताउँछन् ।

‘प्रचण्डजी आउनुभएको छ । मैले नै जानु भनेर आउँदै हुनुहुन्छ भन्नुभएको रहेछ,’ खतिवडा भन्छन्, ‘शत्रुले भरियालाई कुरौनी पठाएको छु, विष हालेको छैन, नडराइ खानु भनेको जस्तै गरी ओलीजीले बालुवाटार बसेर प्रचण्डलाई भरिया बनाएर पठाएजस्तो गर्नुभयो ।’ 

एउटा महत्वपूर्ण घटनामा बोधार्थ दिने हिसाबले आउँदा समाजवादी अनिर्णित बनेको खतिवडा बताउँछन् । 

‘प्रचण्ड भरिया भएर आउने अनि ओली मालिक बनेर बालुवाटारबाट निर्देशन दिने काम भयो,’ खतिवडा भन्छन्, ‘प्रधानमन्त्री भएपछि एउटा शिष्टाचारको हिसाबले आउनुभएको होला । तर प्रधानमन्त्री किन आउनुभयो भनेर विशेष प्रस्ताव केही पनि छैन । प्रस्तावलाई पत्याउने कुरा पनि छैन ।’

प्रचण्डलाई तपाईंहरूको कुरा पत्याउने आधार छैन भनेर फिर्ता पठाएको खतिवडाले बताए ।

‘तपाईंहरूले पहिले सम्झनु भएन । अहिले बलियो बहुमतका लागि अप्ठ्यारो भएपछि माधव नेपाललाई पनि सम्झनुपर्छ भन्ने ठान्नुभयो भन्ने अध्यक्षको कुरा छ,’ खतिवडाले भने, ‘संवाद भएको एउटा कुरा हुन्थ्यो, तर अहिले नै पत्याउने वातावरण छैन भनेर पठाइदिनुभयो ।’ 

रुघाखोकी लागेर घरमै आराम गरिरहेका नेपालले प्रचण्डलाई– तपाईंहरूसँग भेटेपछि सञ्चो होला कि भनेर पठाएको खतिवडा बताउँछन् । 

समीकरण बनेको दिन समाजवादीको सचिवालय बैठकले हतारिएर नयाँ समीकरणबारे निर्णय नलिने निर्णय गरेको थियो । ‘उनीहरूले प्रक्रियामा हामीलाई शुरूदेखि नै सामेल गराएनन् । यसैले उनीहरूको सबै कुरा टुंगो नलगाई नबोल्ने भन्ने छ,’ खतिवडाले भने, ‘उनीहरूको के उद्देश्य हो ? भित्री कुरा खोतलेर एउटा बाटो नपहिल्याइ हामी कुनै निर्णय गर्दैनौं भन्ने सचिवालय बैठकको निर्णय छ ।’

समाजवादीले प्रचण्ड र ओलीबीच सरकारमा भएको आलोपालो, कम्युनिस्टहरू चुनावदेखि पार्टी एकतासम्म कसरी अगाडि बढ्ने विषयसहितमा प्रस्टता चाहेको छ ।

तर, समाजवादीमा कम्युनिस्टबीच तालमेल गर्ने गरी एक भएर अगाडि बढ्नुपर्ने मत छ । समाजवादीका धेरै नेता एमाले फर्किन थालेपछि नेपाललाई पनि नेता कार्यकर्ता जोगाउन कठिन पर्दै आएको छ । नेता झलनाथ खनालले पछिल्लो समीकरणप्रति समर्थन जनाएका छन् । नेकपा एसकै केही सांसदले सरकारमा सहभागी भएर मन्त्री हुने चाहना व्यक्त गरेका छन् । यस्तोमा पार्टी फुट्ने जोखिम पनि छ । 

एमाले, माओवादी, रास्वपा र जसपाको जम्मा मत बहुमतभन्दा ४ सिटले बढी अर्थात् १४२ मात्रै पुग्नेछ । यस्तोमा बलियो बहुमतका लागि नयाँ समीकरणमा १० सिटको नेकपा एस, ६ सिटको जनमत, ४/४ सिट भएका नागरिक उन्मुक्ति र लोसपा पनि आवश्यक देखिएका छन् । १४ सिटको राप्रपा पनि बाहिर हुँदा कि माधव नेपाल कि त अन्य साना सबै दललाई समेट्न सके सहज हुने मनस्थितिमा प्रचण्ड देखिन्छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पहिलो चरणमा छुटे पनि माधव नेपाल पनि गठबन्धन सरकारमा आउने दाबी गरे । 

‘उहाँ पहिलोपटकको प्रयासमा छुट्नुभएको छ । तर उहाँ यो गठबन्धन सरकारमा आउनुहुन्छ,' आचार्यले लोकान्तरसँग भने, ‘प्रधानमन्त्री र एमाले अध्यक्षले भेट्ने र फोन गरेर उहाँ (नेपाल)सँग कुराकानी भएको छ । उहाँ सरकारमा आउनुहुन्छ ।’

मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भन्दै उनले यस बीचमा छलफल गरेर नेकपा समाजवादीलाई सरकारमा सहभागी गराउने जानकारी दिए ।

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x