×

NMB BANK
NIC ASIA

मन्त्रालयको भागबन्डा मिलाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडाैं | फागुन २२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मन्त्रालयको भागबन्डा मिलाउनेसहितका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलको संयुक्त बैठक शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

मंगलवार साँझ बसेको बैठकले मन्त्रालयको भागबन्डा, सरकारको साझा न्यूनतम् कार्यक्रमसहितका विषयमा छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजोमात्रै नयाँ समीकरण बनेपछि आज सबै दलका शीर्ष नेता र कार्यदलको बैठक शुरू भएको छ । यो पहिलो आरेन्टेसन जस्तो छलफल हो । यसमा मन्त्रिमण्डल कसरी भागबन्डा गर्ने, मन्त्रालयको वर्गीकरण, मापदण्ड र सरकारको साझा न्यूनतम् कार्यक्रमसहितका विषयमा छलफल हुन्छ’, आचार्यले भने, ‘यी सबै प्रक्रिया पूरा गरी पूर्ण आकारमा मन्त्रिपरिषद् विस्तार गर्न तीन चार दिन लाग्छ ।’


Advertisment
Nabil box
Kumari

समीकरण बदलिए पनि बहुमत १३८ भन्दा ४ बढी सांसदको मात्रै समर्थन प्रधानमन्त्रीलाई यसैले १० सिटको नेकपा एकीकृत समाजवादी, ६ सिटको जनमत र ४/४ सिटको लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने प्रयत्नमा प्रधानमन्त्री छन् ।

Vianet communication
Laxmi Bank

यसबीच राष्ट्रिय सभाको निर्वाचन पनि आएकाले मन्त्रालयको भागबन्डा, सरकारको नीति कार्यक्रम र बलियो बहुमत जुटाएपछि मात्रै पूर्ण आकारमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन् । मुख्य दलबीच अर्थ, गृहसहितका प्रभावशाली मन्त्रालय कुन दलले लिने भन्नेमा पनि सहमति जुटिसकेको छैन ।

आइतवार राति कांग्रेससहितको गठबन्धन सरकार टुटेर एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ गठबन्धन सरकार बनेको थियो ।

यिनै दलका शीर्ष नेता र भागबन्डासहितका विषय मिलाउन बनेको कार्यदलको बैठक बालुवाटारमा बसेको हो ।

सोमवार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।

चार दलले सोमवार नै ८ बुँदे सहमति गर्दै सहमतिका आधारमा गठन सञ्चालन गर्ने, नीति कार्यक्रम बनाउने, राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिनेसहितका ८ बुँदे सहमति गरेका थिए ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x