२६ जेठ २०८३, मंगलबार

क्रिकेट कमेन्ट्रीमा सिद्धुको 'कम्ब्याक', राजनीति के गर्लान् ?

चैत १२, २०८०
काठमाडौं
क्रिकेट कमेन्ट्रीमा सिद्धुको 'कम्ब्याक', राजनीति के गर्लान् ?

इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा नवजोतसिंह सिद्धुले आफ्नो कमेन्ट्रीबाट मानिसहरूलाई प्रभावित पारेका छन् । झण्डै एक दशकपछि कमेन्टरी बक्समा कमब्याक गरेका सिद्धुलाई हेर्दा एकपटक पनि आफ्नो विचार व्यक्त गर्न कुनै अप्ठ्यारो परेको जस्तो लागेन ।

कुनै समय शान्त क्रिकेटरको रूपमा चिनिने सिद्धु आफ्नो कमेन्ट्रीका लागि चर्चित छन् । तर, एक दशकपछि र अझ तीव्र क्रिकेट प्रतिस्पर्धाको युगमा पनि सिद्धुले कमेन्टेटरको रूपमा कुनै कसर बाँकी राखेका छैनन् ।

कमेन्टेटरका रूपमा सिद्धुको सबैभन्दा ठूलो विशेषता भनेको अंग्रेजी र हिन्दी दुवै भाषामा हास्यास्पद ढंगले कमेन्ट्री गर्ने हो । 

तर यसले पञ्जाबको राजनीतिमा र विशेषगरी कांग्रेस पार्टीभित्र चर्चा बढाएको छ । सिद्धुले लोकसभा चुनावमा पार्टीको लागि प्रचार गर्ने कि नगर्ने भन्ने चर्चा जनमानसमा छ ।​

सिद्धुको राजनीतिक यात्रा पनि निकै रोचक रह्यो । सन् १९९९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनी सन् २००४ मा भारतीय जनता पार्टीमा प्रवेश गरे ।

२००४ को लोकसभा चुनावमा, उनी बीजेपीको टिकटमा अमृतसरबाट लोकसभा सांसद बने र उनी २०१४ सम्म भाजपा सांसदको रूपमा निर्वाचित भए।

२०१६ मा उनलाई राज्यसभाको लागि बीजेपीले मनोनीत गरेको थियो, तर उनले पञ्जाब राजनीतिमा बढी रुचिको कारणले राज्यसभाबाट राजीनामा दिए।

सन् २०१७ मा उनी भारतीय जनता पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेका थिए । सोही वर्ष भएको पञ्जाब विधानसभा चुनावमा सिद्धु कांग्रेस पार्टीबाट अमृतसर पूर्वबाट विधायक बनेका थिए। सिद्धु तत्कालीन मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहको सरकारमा पर्यटन र सांस्कृतिक मामिला मन्त्री बनेका थिए।

सन् १९८८ मा कार पार्किङको विवादमा एक व्यक्तिको हत्या गरेको अभियोगमा उनले १० महिना जेल बस्नुपरेको थियो । सिद्धुलाई रोड रेज मुद्दामा एक वर्षको जेल सजाय सुनाइएको थियो, तर जेलमा उनको राम्रो व्यवहारलाई ध्यानमा राख्दै, उनी १० महिनापछि रिहा भए।

जेलबाट बाहिर आएपछि उनले कांग्रेसका नेताहरूको कार्यशैलीमा पनि प्रश्न उठाएका थिए । तर, नवजोत सिंह सिद्धुले कसैको नाम नलिई आफ्नै पार्टीका नेताहरूको चर्को आलोचना गरेको यो पहिलो पटक भने होइन ।

सन् २०१७ मा जब पञ्जाबमा क्याप्टेन अमरिंदर सिंहको नेतृत्वमा कांग्रेस पार्टीको सरकार बनेको थियो, तब पनि सिद्धुले आफ्नै सरकारको कार्यसम्पादनमा प्रश्न उठाउँदै आएका थिए ।

अब दुई महिनापछि हुन लागेको लोकसभा चुनावमा नवजोत सिंह सिद्धुले कस्तो भूमिका खेल्ने भन्ने प्रश्न उठेको छ । जब नवजोत सिंह सिद्धु भारतीय जनता पार्टीमा थिए, उनी भाजपाका लागि स्टार प्रचारक पनि थिए।

त्यसपछि कांग्रेस प्रवेश गरेपछि पार्टीले उनलाई देशका विभिन्न भागमा प्रचारप्रसार गर्ने महत्वपूर्ण नेताको सूचीमा राखेको थियो ।

सन् १९८३ देखि १९९९ सम्म भारतीय क्रिकेट टोलीमा रहेका नवजोत सिंह सिद्धुले आफ्नो क्रिकेट करियरमा ५१ टेस्ट र १३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले सन् १९८७ को विश्वकपमा धेरै अर्धशतक बनाएर मानिसहरूको ध्यान आकर्षित गरेका थिए।

उनले सन् १९९९ मा नै क्रिकेटरका रूपमा क्रिकेटलाई अलविदा गरेका थिए । तर, उनी कमेन्टेटरका रूपमा खेलसँग जोडिए ।

नवजोत सिंह सिद्धु लामो समयदेखि टिभी शोमा सक्रिय छन् र आफ्नो अनौठो स्टाइलले छुट्टै पहिचान बनाएका छन् । नवजोत सिंह सिद्धु राजनीति र टेलिभिजन स्क्रिनमा आफ्नो स्पष्ट भाषणका लागि परिचित छन् । बीबीसी हिन्दीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्