२६ जेठ २०८३, मंगलबार

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : माधव नेपाल

चैत १२, २०८०
काभ्रेपलाञ्चोक
सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् ।

एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको १०औं अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको उनको भनाइ थियो ।

नेपालको कम्युनिस्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उनले परिस्थिति अनुकूल सोच विकास हुन आवश्यक रहेको बताए ।

आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीबाट आफूबीच भेट भएको उनले जानकारी दिए । 

साथै सो भेटमा आपसी सम्बन्धको बारेमा छलफल भएको र त्यसले उपनिर्वाचनको विषयसमेतमा छलफल गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा सल्लाह भएको उनले बताए ।

पार्टीका केन्द्रीय उपमहासचिव डा गङ्गालाल तुलाधरले जनताको घर–घरमा पुगेर पार्टीको बारेमा प्रचार गर्न र पार्टी निर्माणको काममा जुट्न निर्देशन दिए ।

त्यसका लागि जिल्लाका सबै पालिकामा सन्देश सभाको आयोजना गरेर अगाडि बढ्न निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्