२६ जेठ २०८३, मंगलबार

रवि लामिछाने स्वार्थ बाझिने गरी गृहमन्त्री भएको भन्दै रमेश खरेलले छाडे रास्वपा

चैत १४, २०८०
काठमाडौं
रवि लामिछाने स्वार्थ बाझिने गरी गृहमन्त्री भएको भन्दै रमेश खरेलले छाडे रास्वपा
फाइल फोटो

पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् ।

स्वार्थको द्वन्द्वको बाझिने गरी सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा असमझदारी जनाउँदै पार्टी परित्याग गरेको उनको भनाइ छ ।

‘रास्वपा सरकारमा नै जान हुँदैनथ्यो । स्वार्थको द्वन्द्व बाझिने गरी गरी सरकारमा जाने कुरा पनि ठीक लागेन’ रवि लामिछाने गृहमन्त्री भएको विषयप्रति संकेत गर्दै उनले भने, ‘पार्टीलाई सरकारमा लाने विषयमा पनि एकलौटी निर्णय भएपछि मैले रास्वपामा बस्न उचित ठानिँन ।’

बारा २ मा भएको उपनिर्वाचनमा खरेल पराजित भएका थिए । उपेन्द्र यादव जित्दा उनको जमानत जफत भएको थियो । 

उनले अब भ्रष्टाचारविरुद्धको अभियानमा लाग्ने बताएका छन् । 

सभापतिमाथि प्रश्न उठाएपछि पछिल्लो समय खरेललाई पार्टीले स्पष्टीकरण पनि सोधेको थियो ।

यस्तो छ उनले अङ्ग्रेजीमा लेखेर बुझाएको राजीनामा

null

salt training

कमेन्ट गर्नुहोस्