२६ जेठ २०८३, मंगलबार

आईपीएलमा राजस्थानको अपराजित यात्रा कायमै, खेर गयो कोहलीको शतक

चैत २५, २०८०
काठमाडौं
आईपीएलमा राजस्थानको अपराजित यात्रा कायमै, खेर गयो कोहलीको शतक

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स (आरआर)ले अपराजित यात्रा कायमै राखेको छ । शनिवार राति रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई ६ विकेटले हारउँदै गुजरातले अपराजित यात्रा कायमै राखेको हो । 

विराट कोहलीको शतकीय पारि खेलेपनि उनले बैंग्लोरलाई जीत दिलाउन सकेनन् । यसर्थ उनको शतक निराशामा परिणत भयो । 

बैंग्लोरले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा राजस्थानका लागि जोस बटलरले शतकीय पारि खेल्दै अपराजित यात्रालाई कायमै राखे ।

टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले उत्कृष्ट शुरूवात गरेको थियो । पहिलो विकेटका लागि कोहली र कप्तान फाफ डू प्लेसिसले १२५ रनको साझेदारी गरेका थिए ।  प्लेसिस ३३ बलमा ४४ रनको पारि खेलेर आउट हुँदा २ चौका र २ छक्का प्रहार गरे । कोहलीले अविजित ११३ रनको शतकीय पारि खेले । उनले ७२ बल फेस गर्दा ४ छक्का र १२ चौका हिर्काए ।

ग्लेन म्याक्सवेल १ रनमा आउट हुँदा सौरभ चौहान ९ रनमा पभेलियन फर्किए । क्यामरन ग्रीन ५ रनमा नटआउट रहेका थिए । राजस्थानका युजवेन्द्र चहलले २ तथा नान्द्रे बर्गरले १ विकेट लिए ।

यता १८४ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले शुरूवात भने खराब रह्यो । यशश्वी जयसवाल खाता नै नखोल्दै पभेलियन फर्किए । त्यसपछि जोस बटलर र कप्तान सन्जुसामसन मिलेर टिमलाई अघि बढाए । यी २ खेलाडीले १४८ रनको साझेदारी गर्दै जीतको आधार तय गरे । कप्तान सञ्जु सामसन ४२ बलमा ६९ रनको अधर्शतकीय पारि खेल्दै आउट भए । उनले २ छक्का र ८ चौका प्रहार गरे ।

रियान पराग ८ तथा ध्रुव जुरेल २ रनमा आउट भए पनि जोस बटलरले नटआउट १०० रनको शतकीय पारि खेल्दै जीत दिलाए । उनले ५८ बलमा ४ छक्का र ९ चौका प्रहार गरे । उनलाई अन्त्यमा सिमरन हटमायरले साथ दिए । हटमायरले ६ बलमा २ चौका प्रहार गर्दै ११ रनको नटआउट पारि खेले ।

बैंग्लोरका रिसे टोप्लेले २ विकेट लिए । लगातार ४ खेलमा जीत निकालेको राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा कोलकाता नाइट राइडर्स ६ अंकसहित रहँदा पराजित भएको बैंग्लोर २ अंकका साथ आठौं स्थानमा छ । उसको यो लगातार तेस्रो हार हो ।


 

salt training

कमेन्ट गर्नुहोस्