२७ जेठ २०८३, बुधबार

१० लाख ऋणको ब्याज ८५ लाख पुर्‍याइयो

चैत २६, २०८०
काठमाडौं
१० लाख ऋणको ब्याज ८५ लाख पुर्‍याइयो

५५ वर्षीय    रीता    भुर्तेल    र    दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो  ।  तर  सहकारी  संस्थाबाट  लिएको  ऋणको  मिटरब्याजले अहिले सबै सकिँदै गएको छ ।

दीर्घनारायणले  भने,  “चिन्ताले  म  डिप्रेसनको  सिकार  भएको  छु  ।  औषधि  खानुपर्ने  बनायो । छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ । यो तनावबाट परिवारै उम्कन सकेका छैनौँ ।”
भुर्तेल परिवार २०७२ सालमा कावासोतीमा खुलेको  छिपछिपे  उपभोक्ता  सहकारी  संस्थाको  बचतकर्ता  भए । त्यसको  पाँच  महिनापछि  १०  लाख  रुपियाँ  लगानी  गरेर  सेयर  सदस्य भए । सहकारीमा बचतकर्ताको रकम थपिँदै गयो  ।  सहकारीको  अध्यक्ष  र  प्रबन्ध  निर्देशक  पुख्र्यौली घर पर्वतका गाउँले भान्जा योगेन्द्र पाण्डे रहेको दीर्घनारायणले बताउँदै भने, “भान्जाले बिनाधितो ऋण लिन उकासेपछि २०७३ सालमा १० लाख रुपियाँ ऋण लियौँ । अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपियाँ सकिइसकेको छ ।”२०७७ सालमा १० लाखको ब्याज ६० लाख रुपियाँ  पु¥याइयो  ।

 त्यो  ६०  लाख  असुल  गर्नका  लागि कावासोतीकै एक ठाउँको १८ कट्ठा र अर्को ठाउँको दुई बिघा जग्गा धितो राखेर कागज गराइयो । उक्त ऋण व्यवस्थापन गर्नका लागि २०७३ सालमा चितवनको नारायणघाटमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट बिनाधितो ३० लाख रुपियाँ  उपलब्ध  गराइयो  । गोरखापत्रले अगाडि लेखेको छ–२०७८ सालमा छिपछिपेको ब्याज ७८ लाख रुपियाँ पुगेको थियो । त्यसको २९ दिनपछि ब्याज बढेर ८५ लाख १६ हजार रुपियाँ पु¥याइयो ।

salt training

कमेन्ट गर्नुहोस्