×

NIC ASIA

कोशीमा सत्ता फेरबदलको गतिशीलता

मुख्यमन्त्रीको त्रुटिपूर्ण पत्रले प्रदेश प्रमुखको कार्यकक्षमा सन्नाटा !

विराटनगर | चैत २६, २०८०

Prabhu Bank
NTC
Premier Steels

सोमवार दिउँसो ४ बज्नै लाग्दा गठबन्धनमा रहेका नेताहरू चारवटा पत्र बोकेर कोशी प्रदेश प्रमुखको कार्यालयमा पुगे । उनीहरूले प्रदेश प्रमुखसँग अगाडि नै समय लिएकाले फटाफट प्रदेश प्रमुख परशुराम खापुङको कार्यकक्षमा गएर बसे । केहीबेर प्रदेश प्रमुख र नेताहरूबीच हाँसो पनि चल्यो ।

Muktinath Bank

गठबन्धनमा रहेका एमाले-माओवादी लगायत दलहरूले बहुमत आफूसँग रहेकाले एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखलाई दिन त्यहाँ पुगेका थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही बैठकमा आगामी वैशाख १५ गते इलामको क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको विषयमा छलफल पनि भयो । प्रदेश प्रमुख खापुङले गठबन्धनका नेताहरूलाई उपनिर्वाचनमा के हुँदैछ भनेर सोध्न पनि भ्याए । 


Advertisment
Nabil box
Kumari

घटनामा ट्विस्ट त्यतिबेला आयो जतिबेला एमाले र माओवादी संसदीय दलका नेताहरूसँग सल्लाह गरिरहेका बखत हस्याङ-फस्याङ गर्दै मुख्यमन्त्री केदार कार्कीका जन सम्पर्क सल्लाहकार लीलावल्लभ घिमिरे प्रदेश प्रमुखको कार्यकक्षमा प्रवेश गरे ।

Vianet communication

केदार कार्की नेपाली कांग्रेसका मुख्यमन्त्री हुन् । केन्द्रको गठबन्धनमा भएको फेरबदलपछि अन्य प्रदेशजस्तै कोशी प्रदेशमा पनि सरकार फेरबदलको गृहकार्य भइरहेको छ ।

घिमिरेले हतार-हतार एउटा पत्र प्रदेश प्रमुख खापुङलाई दिए । खापुङले मुख्यमन्त्री केदार कार्कीको हस्ताक्षर रहेको पत्र पढेपछि टेबुलको ड्रअरबाट संविधान निकालेर अध्ययन गर्न थाले । 

त्यहाँ गएका सांसददेखि पत्रकारसमेत त्यसलाई संसद् विघटनको पत्र ठानेर अक्क न बक्क परे । सरकार फेरबदलमा गठबन्धनका दलहरू लागेपछि मुख्यमन्त्रीले प्रदेश सभा नै विघटन गरेको पत्र पठाएका हुन् कि भनेर अनुमान गर्नु स्वाभाविक थियो । 

तर त्यस्तो थिएन प्रदेश प्रमुखले आफू बसेको अगाडि पट्टी कुर्सीमा बसेका उपसचिव नरेन्द्रकुमार श्रेष्ठलाई पनि पत्र देखाए ।

प्रदेश प्रमुखले दोस्रो पटक पत्र पढे । पत्रमा त्रुटी देखिएको भन्दै प्रदेश प्रमुख खापुङले उक्त पत्र घिमिरेलाई नै फिर्ता दिए । त्यसपछि घिमिरे बाहिरिए । 

पत्रमा प्रदेश सभाको नियमित बैठकको आव्हान गर्न माग गरिएको थियो तर मिति भने २०८० सालको जेठ ११ गते राखिएको थियो । हुनुपर्ने २०८१ सालको जेठ ११ गते थियो ।

खापुङले त्यही गल्ती समातेर विश्वासको मत लिने बैठक छल्न खोजेका मुख्यमन्त्री कार्कीलाई नै पत्र फिर्ता पठाएका थिए । विश्वासको मत छल्ने प्रयास गरे पनि एउटा अक्षरले बिगारेको भन्दै गठबन्धन दलका नेताहरू त्यहीँ हाँसे । 

कार्कीले उक्त पत्र सच्याएर पठाउने डरले जसपाबाट प्रदेश प्रमुख भएका खापुङले तत्कालै गठबन्धन दलका नेताहरूले बोकेर ल्याएको पत्र मागे र त्यसलाई कारबाही गरिदिन तोक आदेश गरे ।

जसपा अहिलेको केन्द्रीय सत्ता गठबन्धनमा पनि रहेको छ । 

गठबन्धनमा रहेका एमाले र माओवादीले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई निवेदन दिएका थिए । ​

त्यस लगत्तै मुख्यमन्त्री कार्कीले नियमित अधिवेशन बोलाउन पठाएको पत्र सच्याएर प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए ।

गठबन्धन दलको पत्र पहिल्यै स्वीकृत भएपछि प्रदेश प्रमुख खापुङले यसको औचित्य नरहेको बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x