२६ जेठ २०८३, मंगलबार

मटिहानीको फर्निचर उद्योगमा आगलागी, ३५ लाखको क्षति

चैत २७, २०८०
महोत्तरी
मटिहानीको फर्निचर उद्योगमा आगलागी, ३५ लाखको क्षति

महोत्तरीको मटिहानी–८ स्थित एक उद्योगमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ । मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाखभन्दा बढीको धनमाल नष्ट भएको हो । 

सोमबार राति १० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थ क्षति भएको छ । 

आगो मटिहानी नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा निभाइएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्