×

NMB BANK
NIC ASIA

काठमाडौं, २७ असोज – ५८ पुगेर भर्खरै ५९ वर्षमा प्रवेश गरेका छन् सूर्यप्रसाद कोइराला । तर उनले झण्डै सय पटक रक्तदान गरिसके ।

कुनै रेकर्ड दर्ता गरुँला वा चर्चा बटुलौंला भनेर उनले रक्तदान गरेका चाहिँ होइनन् । पहिलो कुरा उनलाई रेकर्ड राख्ने वा ख्याति कमाउने इच्छा छैन, दोस्रो उनले भन्दा धेरै रक्तदान गरेका व्यक्तिहरू नेपालमै पनि छन् ।

नायब महान्यायाधिवक्ता (विशिष्ट श्रेणी) सम्म पुगेर अवकाश पाएका कोइरालालाई ख्याति कमाउनुपर्ने आवश्यकता पनि छैन । तर उनले धेरैलाई जीवन दान दिइसके ।

उनले २२ वर्षको उमेरदेखि नै निरन्तर रक्तदान गर्दै आएका छन् । नेपालमा शरीर स्वस्थ रहेको अवस्थामा ६२ वर्षसम्म रक्तदान गर्न पाइन्छ । ‘मेरो स्वास्थ्य र उमेरले साथ दिँदासम्म मैले निरन्तर रक्तदान गर्ने सोच बनाएको छु,’ उनले लोकान्तरसँग भने, ‘आखिर नोक्सान भएर जाने रगतको कारणले कोही बाँच्छ भने दान गर्नुपर्छ ।’

एक पिन्ट रगतले चार जनासम्म व्यक्तिको जीवन जोगिन सक्छ भन्ने सुनेरै उनले रक्तदान गर्न थालेका हुन् । जागिरे जीवनकै सिलसिलामा पहिलो पटक उनले २२ वर्षको उमेरमा रक्तदान गरेका थिए ।

अध्ययनका लागि भारतमा पुग्दा बरु रक्तदान गर्न पाए तर जागिरकै दौरानमा नेपालका विकट जिल्लाहरूमा पुग्दा चाहिँ उनले रगत दान गर्न पाएनन् । कारण, विकट ठाउँहरूमा रेडक्रसका ब्लड बैंकहरू छैनन् ।

पाल्पाको दर्लामडाँडामा जन्मिएका कोइरालाले पहिलो पटक २०३८ साल जेठमा काठमाडौंमा रक्तदान गरेका थिए । त्यसयता उनले निरन्तर रक्तदान गर्दै आएका छन् । आफू कार्यरत सरकारी अड्डाहरूमा रक्तदानका लागि क्याम्प नै लैजाने गरेको समेत उनले स्मरण गरे ।

‘स्वस्थ मान्छेले हरेक तीन महिनामा रगत दान गर्न सक्छ, तीन महिनामा रगतमा भएका सेलहरू आफै पनि मरेर जान्छन्,’ उनले भने, ‘त्यसैले मैले निरन्तर रक्तदान गरेको हुँ ।’

निरन्तर रक्तदान गरिरहेका उनी आफ्नो स्वास्थ्यप्रति भने निकै सचेत छन् । हालसम्म कुनै रोगले समाएको छैन । रक्सी, चुरोट, खैनी मुखमै हालेका छैनन् । माछामासु खान छोडेको पनि १८ वर्ष भइसक्यो । हरेक दिन हेल्थ क्लबमा गएर व्यायाम गर्छन् ।

निरन्तर रक्तदान गर्दै आएका कोइरालाले विगत ४ वर्षदेखि आफूले रक्तदान गरेको कुरा अरुलाई म्यासेज मार्फत जानकारी दिन्छन्् । ‘मैले आज यतिऔं पटक रक्तदान गरें, यदि तपाईंको स्वास्थ्यले पनि साथ दिन्छ भने रक्तदान गर्नुहोला भनेर म्यासेज पठाउँछु’ उनी भन्छन्, ‘मैले यस्तो किसिमको सन्देश एक पटकमा दुई सय जतिलाई पठाउँछु ।’

आफूले सन्देश पठाउनेमध्ये केहीले रक्तदान गर्ने गरेको समेत कोइरालाले बताए । ‘नेपालमा रगत नपाएर मर्नेहरू धेरै छन्, त्यसैले मैले सबैले रक्तदान गर्नुपर्छ भन्ने गरेको छु,’ कोइरालाले भने, ‘मेरा परिवारका अरु सदस्यहरूलाई पनि प्रोत्साहित गर्ने गरेको छु ।’

कोइराला रगत दिएर कमजोर भइन्छ भन्ने मानसिकता गलत भएको बताउँछन् । उनका अनुसार हरेक तीन महिनामा रगत दिँदा केही पनि फरक पर्दैन् । ‘रगत दिएपछि कमजोर भइन्छ भन्ने कुरा गलत हो,’ उनले भने, ‘मलाई अहिलेसम्म स्वास्थ्यमा कुनै पनि समस्या देखिएको छैन ।’ बरु रगत दिएपछि झन् स्वस्थ्य भइने उनले बताए ।

कोइरालाले हरेक तीन महिनामा रेडक्रसमा पुगेर रगत दान गर्ने गरेका छन् । उनको रक्त समुह ‘ए पोजेटिभ’ हो । ‘कुनै व्यक्ति विशेषलाई भन्दा पनि मैले आफ्नो तालिका अनुसार रेडक्रसमा पुगेर दान गर्ने गरेको छु,’ उनले भने, ‘आफूले दान गर्न खोजेको समयमा बिरामी भएनन् भने तालिका बिग्रँदो रहेछ ।’

आफूले दान गरेको रगत कसको शरीरमा छ भन्ने कुरा थाहा नहोस भनेर पनि आफूले रेडक्रस मार्फत रक्तदान गर्ने गरेको उनले सुनाए । यसै खेर जाने रगत दान गरेर अरुको ज्यान बचाउन उनी अनुराेध गर्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x