×

NIC ASIA

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ११ जनाको हत्या

काठमाडाैं | बैशाख १, २०८१

Prabhu Bank
NTC
Premier Steels

क्वेटा–पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिवार बताएका छन् ।

Muktinath Bank

स्थानीय समयअनुसार शुक्रवार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की शहरनजिकै ६ जना बन्दुकधारीले एउटा बस रोकेरे परिचयपत्र जाँच गरी पञ्जाबको पूर्वी क्षेत्रका नौजना कामदारलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय प्रहरीका वरिष्ठ अधिकारी अल्लाह बख्शले एएफपीसँग भने, ‘राजमार्गबाट दुई किलोमिटर टाढा गोली लागेको अवस्थामा उनीहरूको शव फेला परेको थियो ।’


Advertisment
Nabil box
Kumari

आक्रमणकारीले पछि प्रान्तीय सांसदको कारलाई लक्षित गरी गोली चलाएको बख्शले बताए । गोली चल्दा गाडीमा सांसद नरहेको बुझिएको छ । आक्रमणपछि कार सडक नजिकैको खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको हो ।

Vianet communication

नौश्की जिल्ला प्रशासनका वरिष्ठ अधिकारी हबिबुल्लाह मुसाखाइलले एएफपीसँग भने, ‘प्रहरी र अर्धसैनिक बलले आक्रमणकारीलाई पक्राउ गर्न त्यस क्षेत्रमा खोजी कार्य सुरु गरेका छन् तर आक्रमणकारीहरू यस पटक त्यस क्षेत्रबाट भाग्न सफल भएका छन् ।’

बख्शले बन्दुकधारीहरूले ‘बलोच पृथकतावादीहरूको कार्यप्रणाली स्पष्ट रूपमा प्रयोग गरेको’ र आक्रमणको पछाडि कसको हात थियो भन्ने पुष्टि गर्न अनुसन्धान शुरू गरिएको बताए ।

पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादीहरूले दशकौं लामो विद्रोह गर्दै आएका छन् ।

लडाकूहरूले विगतमा पाकिस्तानका अन्य स्थानका जातीय पञ्जाबी र सिन्धीहरूलाई लक्षित गरेका थिए, साथै विदेशी ऊर्जा फर्महरूले यस क्षेत्रको धनको साझेदारी नगरी यस क्षेत्रको दोहन गरिरहेको उनीहरूको भनाइ छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शुक्रवार राति भएको आक्रमणलाई ‘आतङ्कवादको घटना’को संज्ञा दिँदै ‘सहजकर्तालाई दण्डित गरिने’ बताएका छन् ।

गत वर्ष अक्टोबरमा बन्दुकधारीले निजी आवास निर्माण गरिरहेका छ जना पञ्जाबी मजदुरको हत्या गरेका थिए ।

गत महिनाको अन्त्यतिर यस क्षेत्रमा चीनको लगानीको आधारशिला मानिएको बन्दरगाहको कार्यालयमा आक्रमण गर्ने क्रममा आठ जना बलोच लडाकू मारिएका थिए ।

आक्रमणको क्रममा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको सेनाको जनसम्पर्क शाखाले जनाएको छ ।

पाकिस्तानी सुरक्षा बल पृथकतावादीहरूको सबैभन्दा बढी निशानामा परेको छ । बलोच लडाकूले आफ्नो समुदायलाई उनीहरूको प्रतिरोधको बदलाको रूपमा गैरन्यायिक हत्या र बेपत्ता पार्ने गरेको दाबी गर्छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x