×

NIC ASIA

गाजा युद्धको असर

इजरायलमाथि इरानको २०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण

काठमाडाैं | बैशाख २, २०८१

Prabhu Bank
NTC
Premier Steels

इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । इरानले इजरायलका तेल अभिभ र जेरुसेलममा २०० भन्दा बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

Muktinath Bank

आक्रमणपछि इजरायलमा तनावको स्थिति पैदा भएको छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् । यद्यपि इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेको उनको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेको थियो । सो आक्रमणबाट सैन्य कमान्डरसहित सात जनाको मृत्यु भएको थियो ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

सो क्रममा इरानको कुद्स फोर्सका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत मारिएका थिए । 

 त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो । सोहीअनरुप शनिवार राति स्थानीय समयअनुसार १ः४५ बजे इरानले इजरायलमा आक्रमण गरेको हो ।

इरानले पठाएका केही ड्रोन आइतवार बिहानसम्म पनि इजरायली आकाशमा उडिरहेको बताइएको छ ।

गत वर्षको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेयता मध्यपूर्वमा तनाब छ । गाजामा युद्ध जारी छ । यसमा इरान पनि संग्लग्न भएसँगै यसले झनै उग्ररुप लिने संकेत देखिएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x