×

NIC ASIA

सहकारी ठगीमा भेटियो प्रमाण

सुप्रिम सहकारी घोटाला प्रकरण : २८ जनाविरुद्ध मुद्दा, रवि लामिछानेलाई 'उन्मुक्ति'

काठमाडाैं | बैशाख ३, २०८१

Prabhu Bank
NTC
Premier Steels

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी घोटाला प्रकरणमा २८ जना विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ को दफा ३२ बमोजिम सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो।  

Muktinath Bank

सो सहकारीको रकम हिनामिनामा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत नाम देखिएपनि उनीविरुद्ध मुद्दा भने दायर भएको छैन । उनले सहकारीबाट नियमविपरीत ऋण लिएको देखिएपनि प्रतिवादी नबनाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियोग पत्रमा लामिछानेले दुई करोड रुपैयाँ विना कागजात ऋण लिएको उल्लेख छ। सेवा शुल्क कटाएर उनीमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा एक करोड ९६ लाख रुपैयाँ गएको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

‘उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले १ करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ । 

Vianet communication

सहकारी ठगीमा रविको संलग्नताको प्रमाण रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानविनको माग गरिरहेको छ । सत्तापक्षले भने रविको बचाउ गरिरहेको छ । चैत ६ गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविविरुद्ध प्रमाण फेला नपरेको बताएका थिए । 

No description available.
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा पनि रविको नाम जोडिएको छ । पीडितले प्रहरीमा पुरक उजुरी दिएपनि राजनीतिक संरक्षणको आधारमा उनले उन्मुक्ति पाउँदै आएका छन् ।

सुप्रिम सहकारी घोटाला प्रकरणमा प्रतिवादी बनाइएका २८ जनामा गीतेन्द्रबाबु राई (जीबी), दुर्गा चापागाईं, दीपेश कुमार पुन, दीपक न्यौपाने लगायत छन् । 
कृष्ण प्रसाद खरेलसहित १८३१ जनाको जाहेरी र निवेदनको आधारमा प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा लगिएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x