×

NIC ASIA

आर्थिक असमानता

भारतमा धनी-गरिबबीच गहिरो खाडल : एक प्रतिशतसँग कूल आयको २२.६ प्रतिशत सम्पत्ति

काठमाडाैं | बैशाख ५, २०८१

Prabhu Bank
NTC
Rizwan (C) pedals a tricycle rickshaw as he looks for customers amid dense smog, along a street in the old quarters of New Delhi. (AFP)
Premier Steels

भारतमा धनी र गरिबबीचको खाडल बढ्दै गएको एक अध्ययनले देखाएको छ । पेरिसस्थित अनुसन्धान संस्था वर्ल्ड इन्इक्वलिटी ल्याबले हालै सार्वजनिक गरेको शोधपत्रमा भारतमा धनी-गरिबीचको खाडल बढ्दै गएको देखाएको हो ।

Muktinath Bank

भारतमा धनी शीर्ष एक प्रतिशतको आम्दानी र सम्पत्तिको अंश ऐतिहासिक उच्च विन्दुमा पुगेको शोधपत्रमा उल्लेख छ । यो विश्वकै उच्च हो । शोधपत्रको निष्कर्षमा सन् २०२३ सम्ममा सबैभन्दा धनी एक प्रतिशत भारतीयसँग देशको आयको २२.६ प्रतिशत र सम्पत्तिको ४० प्रतिशत हिस्सा रहेको उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक प्रतिशत भारतीयले सन् २०२२-०२३ मा औसत ५३ लाख रुपैयाँ कमाए जुन २.३ लाख रुपैयाँ कमाउने औसत भारतीयको आयभन्दा २३ गुणा बढी हो । देशका तल्लो ५० प्रतिशत र मध्यम ४० प्रतिशत जनताको औसत आय ७१ हजार रुपैयाँ छ । सबैभन्दा धनी ९ हजार २२३ व्यक्तिले (९२ मिलियन वयस्क भारतीयहरूमध्ये)ले औसत ४८ करोड रुपैयाँ (औसत भारतीय आयको दुई हजार गुणा) कमाएका छन् ।


Advertisment
Nabil box
Kumari

अध्ययनमा महामारीले भारतीयहरूबीच सम्पत्ति असमानतालाई थप बढाएको देखाएको छ । धनीहरू तीव्र गतिमा बढ्दै गएका छन् र गरिबहरूभन्दा महँगो वस्तुहरू उपभोग गरिरहेका छन् । भारतीय अर्थतन्त्रको उदारीकरणपछि निजी उद्यमको वृद्धि र पूँजी बजारको वृद्धिले शीर्ष केही व्यक्तिहरूको हातमा सम्पत्तिको एकाग्रता बढेको प्रतिवेदनमा उल्लेख छ ।

Vianet communication

प्रतिवेदनले भारत विश्वमा सबैभन्दा बढी असमानता भएको देश भएको खुलासा गरेको छ । ब्रिक्स राष्ट्रहरूमध्ये भारतको तुलनामा दक्षिण अफ्रिका र ब्राजिलमा आय असमानता धेरै छ । दक्षिण अफ्रिकामा शीर्ष १० प्रतिशत र तल्लो ५० प्रतिशत बीचको आय अन्तर ६३ प्रतिशत छ । जबकि ब्राजिलमा यो अन्तर २९ प्रतिशत छ । चीन र रुसबीचको यो भिन्नता १४ प्रतिशत छ ।

विश्वको कुरा गर्ने हो भने अहिले कुल जनसंख्याको १० प्रतिशत धनीले विश्वको आम्दानीको ५२ प्रतिशत ओगट्छन् । तल्लो ५० प्रतिशत जनसंख्याले मात्रै ८.५ प्रतिशत आम्दानी पाउँछन् ।

भारतमा तल्लो वर्गका ५० प्रतिशत परिवारसँग लगभग नगण्य सम्पत्ति छ । मध्यम वर्ग पनि अपेक्षाकृत गरिब छ र कुल सम्पत्तिको २९.५ प्रतिशत ओगटेको छ भने शीर्ष १० प्रतिशतसँग ६५ प्रतिशत र शीर्ष १ प्रतिशतसँग कुल सम्पत्तिको ३३ प्रतिशत हिस्सा छ । देशमा मानिसहरूको औसत सम्पत्ति चार हजार २०० डलर छ ।

मध्यम वर्गको औसत सम्पत्ति २६ हजार ४०० डलर छ । शीर्ष १ प्रतिशतको औसत ६१ लाख डलर छ । प्रतिवेदनका अनुसार भारतमा असमानताको स्तर बेलायती शासनकालको तुलनामा धेरै बढेको छ ।

त्यतिबेला शीर्ष १० प्रतिशत जनसङ्ख्याको कुल राष्ट्रिय आयको करिब ५० प्रतिशत थियो । स्वतन्त्रतापछि यो हिस्सा ३५ देखि ४० प्रतिशतमा झरेको छ । सन् १९८० को दशकको मध्यदेखि उदारीकरण नीतिहरूले विश्वभर आय र सम्पत्तिको असमानता बढाएको छ।

भारतीयको सम्पत्ति ८.७ प्रतिशतको दरले बढिरहेको छ भने विश्वमा यो दर ४.६ प्रतिशत छ । छिमेकी राष्ट्रहरूमध्ये चीन, श्रीलंका र माल्दिभ्सका जनतासँग भारतभन्दा धेरै सम्पत्ति छ । चिनियाँ वयस्कको सम्पत्ति भारतकोभन्दा पाँच गुणा बढी छ। प्रत्येक वयस्कको माल्दिभ्समा २१ लाख रुपैयाँ र श्रीलंकामा २० लाख रुपैयाँको सम्पत्ति छ।

सन् २०२७ सम्ममा विश्वभरका वयस्कहरूको व्यक्तिगत सम्पत्ति ३८ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ । विश्वका प्रत्येक वयस्कसँग १.१० लाख डलर (९१ लाख रुपैयाँ) बराबरको व्यक्तिगत सम्पत्ति हुनेछ। भारत र चीनमा अर्बपतिको संख्या दोब्बर हुने अनुमान गरिएको छ ।

भारतको जीडीपी वृद्धिलाई पनि देश कति धनी छ भनेर अनुमान गर्न सकिन्छ । यदि भारतको जीडीपी सन् २०२३ मा ३.७५ ट्रिलियन पुग्छ भने प्रतिव्यक्ति जीडीपी २६१० डलर हुनेछ। जीडीपीको हिसाबले भारत अहिले पाँचौं धनी देश हो। सन् २०२७ सम्ममा ५ ट्रिलियन डलरको अर्थतन्त्र बन्ने लक्ष्य छ । यदि यसो भयो भने भारत विश्वको तेस्रो धनी राष्ट्र हुनेछ । जीडीपीको आधारमा भारतको अर्थतन्त्र पाँचौं अर्थतन्त्र भए पनि प्रतिव्यक्ति जीडीपीको मापनमा भारत १९४ देशको सूचीमा १४४औँ स्थानमा छ । एसियाली देशको कुरा गर्ने हो भने भारत पनि यो सूचीमा ३३ नम्बरमा छ ।

भारतमा धनीभन्दा गरिबको सङ्ख्या धेरै गुणा बढी छ । जसलाई दुई छाक खान पनि गाह्रो हुन्छ । उनीहरूको कमाइ यति थोरै छ कि उनीहरू आफ्नो आधारभूत आवश्यकता पनि पूरा गर्न सक्दैनन् । गाउँमा बस्ने व्यक्तिले दैनिक २६ रुपैयाँ खर्च गर्न नसक्ने र सहरमा बस्ने व्यक्तिले ३२ रुपैयाँ खर्च गर्न नसकेमा त्यसलाई गरिबीको रेखामुनि मानिने भारत सरकारको नीति छ । भारतीय सञ्चार माध्यमहरूको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x