×

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

कडा स्वाभावका ओलीको नरम प्रस्तावको अन्तर्य !

काठमाडाैं | बैशाख ८, २०८१

यसअघि आफूविरुद्धमा बनेको गठबन्धनका दलविरुद्ध आक्रामक बन्दै आएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठकको राजनीतिक प्रस्तावमा भने विपक्षी दलप्रति नरम नीति लिएका छन् । 

Laxmi Bank

शनिवार गोदावरीमा उद्घाटन भाषणका क्रममा ओलीले सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)प्रति अनुदार टिप्पणी गरेका थिए । ओलीले रास्वपा वैकल्पिक नभइ स्वार्थ समूह भएको आरोप लगाए । 


Advertisment

‘पपुलिस्ट कुरा गर्नेले असन्तुष्टिको उजागर मात्रै गर्न सक्छन् तर समाधान दिन सक्दैनन् । समाधान दिने विचार, कार्यक्रम र दृष्टिकोण भएकाले हो,’ उनले भने, ‘विचार, दर्शन र सही अर्थ राजनीतिक कार्यदिशा नभएकाहरू स्वार्थ समूह हुन् । यिनले स्वार्थभन्दा अरु हेर्दैनन् । यिनीहरू वैकल्पिक शक्ति पनि हुन सक्दैनन् ।’


Advertisment

माधवकुमार नेपालप्रति पनि उनले रोष प्रकट गरेका थिए । एमाले फुटाउने उनको पार्टी एकीकृत समाजवादी जनताबाटै अस्वीकृत भएको उनले बताए ।

‘कम्युनिस्ट आन्दोलन विभाजित गर्न सकिन्छ, सरकार ढाल्दै पुँजीपति वर्गको नेतृत्वमा नयाँ सरकार बनाउन खोज्ने दक्षिणपन्थी अवसरवाद नै कमजोर हुन पुगेको छ । हाम्रा पार्टीकाविरुद्धमा प्रयोग गर्न खोजिएको प्रयोग अन्ततः जनमतबाटै अस्वीकृत हुँदै पराजित हुन पुगेको छ ।’ तर बैठकको मूल राजनीतिक प्रस्तावमा भने ओलीले यी दुवै दलमात्रै होइन सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)लाई पनि झस्काउने टिप्पणी गरे । तर उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति खरो टिप्पणीमात्रै छैन, मिलेर जान सकिने प्रष्टै सन्देश पनि दिएका छन् ।  

प्रमुख दलबीच संवाद र न्यूनतम समझदारी आवश्यक रहेको भन्दै ओलीले मुख्य विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेससँग पनि संवाद हुन सक्ने बताएका छन् । वामपन्थी एकता वा ध्रुवीकरणलाई ओलीले लगभग खारेज नै गरिदिएका छन् ।

null 

‘मुलुकमा जस्ता गम्भीर समस्याहरू छन्, तिनको समाधानका लागि सबै राजनीतिक पार्टीमाझ निरन्तर संवाद आवश्यक छ । मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ । अनि, विचार मिल्नेहरूमाझ सहकार्य आवश्यक छ,’ ओलीको राजनीतिक शक्ति सन्तुलन र पार्टीहरूबीचको सम्बन्ध शीर्षकको प्रस्तावमा उल्लेख छ, ‘त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्नेगरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन ।’

सहकार्य र विश्वासको वातावरण बने विचार मिल्ने एक ठाउँमा आउन सक्ने भने पनि यसमा पनि उनले ‘शर्त’ राखेका छन् । 

‘सहकार्य गहिरो र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकै ठाउँ हुँदै जानेछन्,’ ओलीले भनेका छन्, ‘त्यसो हुनु पनि पर्छ । तर आजका दिनमा भने सबै सकारात्मक शक्तिहरूलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ ।’

फागुन २१ मा सत्ता समीकरण बदलेर वामपन्थीबीच एकतासम्मै पुग्नेसम्मको तयारी गरेको माओवादी केन्द्रलाई ओलीले रातो झण्डा देखाएका हुन् । पछिल्लो सत्ता समीकरणका निश्चित उद्देश्यमात्रै रहेको भन्दै ओलीले एकतासम्मै पुग्ने कुनै तयारी नरहेको प्रष्टै सन्देश प्रस्तावमा दिएका हुन् । 

निश्चित विचारभन्दा राष्ट्रियहित र रक्षाका लागि मात्रै सत्ता परिवर्तन गर्नुपरेको उनको भनाइ छ । 

‘यो सत्ता सहकार्य मुलुकका समस्या समाधानका लागि हो– सत्ता परिवर्तन या प्राप्तिका लागि मात्रै होइन । यो राष्ट्रियतालाई बलियो बनाउने र राष्ट्रियहित र स्वाभिमानको रक्षा गर्ने, सुशासनलाई प्रत्याभूत गर्ने, लोकतन्त्रको रक्षा र विकास गर्ने, विकास र समृद्धिको यात्रालाई गति दिने तथा जनतामा आशा र भरोसा जगाउने साझा सङ्कल्पका साथ स्थापना भएको समीकरण हो,’ प्रस्तावमा उल्लेख छ, ‘यसलाई निश्चित राजनीतिक विचारधाराले भन्दा पनि यिनै विषयहरूले दिशानिर्देश गरिरहेका छन् ।’

अचानक सत्ता गुमाउनु पर्दा कांग्रेस हतास भएर रास्वपा र अन्य दलका नेतालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिँडेको र प्रतिशोधमा उत्रिएको ओलीले बताएका छन् । तर यद्यपि सहकारीका गम्भीर समस्या समाधानमा एमाले स्पष्ट रहेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । 

‘सहकारी क्षेत्रमा गम्भीर समस्या देखा परेका छन्, वचतकर्ताहरूको अबौँ रकम हिनामिना भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसको गम्भीर छानबिन गरी दोषीहरूलाई कानूनी कारबाही गरिनु पर्छ । यस विषयमा पार्टी स्पष्ट छ ।’ ओलीले केहीदिनअघि झापा पुगेर केही नेताले सहकारीलाई ठगी खाने भाँडो बनाएको बताएका थिए । सत्ता सहयात्री दल उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेको नाम नलिए पनि ओलीको संकेत उनैप्रति लक्षित रहेको देखिन्छ । 

कांग्रेस हतास देखिएको बताए पनि ओलीले सबैसँग सार्थक संवादको पक्षमा आफू रहेको प्रस्तावमै प्रष्टै उल्लेख गरेका छन् ।

null

‘हिजोको सत्ता गठबन्धनले एमालेप्रति प्रतिशोध, मुठभेड र निषेधको नीति लियो । महत्वपूर्ण राष्ट्रिय प्रश्नहरूमा प्रतिपक्षलाई साथमा नलिने मात्र होइन, जानकारी दिने न्यूनतम औपचारिकतासम्म पूरा गरेन । राष्ट्रियहितमा आघात पुर्याउने कतिपय प्रश्नमा गोप्य सहमतिहरू गरिए,’ प्रस्तावमा भनिएको छ, ‘त्यो अलोकतान्त्रिक र अराजनीतिक तरिका थियो । हामी त्यसो गर्ने छैनौं । मुलुकको परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, विकास र पूर्वाधारका राष्ट्रिय एजेण्डा, सङ्क्रमणकालीन न्याय र संवैधानिक प्रश्नमा प्रतिपक्ष लगायत सबैसँग सार्थक संवाद गर्ने हाम्रो नीति हुनेछ ।’

अध्यक्ष ओलीले मात्रै होइन एमालेका अन्य प्रभावशाली नेताले समेत कांग्रेस र एमाले मिल्न सक्ने विषयलाई नकारेनन् । गोदावरीको कार्यक्रममा भेटिएका ईश्वर पोखरेल, विन्दा पाण्डेसहितका नेताले कांग्रेस र एमाले मिल्न सक्ने स्थितिमा रहेको बताएका छन् । 

एमाले नेतृ विन्दा पाण्डे स्वार्थपूर्ण रुपमा बन्दै आएका गठबन्धन जतिखेर पनि ढल्न सक्ने बताउँछिन् । 

‘स्वार्थपूर्ण गठबन्धन जतिखेर जे पनि हुन सक्छ । नागरिकमा नै यस्तो अनुभूति भइरहेको छ । नागरिकमा उत्साह हुने छैन । संघीयतामा प्रश्न उठेको छ । यसको बारेमा जिम्मेवार दलले सोच्नुपर्छ,’ पाण्डेले लोकान्तरसँग भनिन्, ‘कुनै पनि बेला गठबन्धन बन्न र ढल्न सक्छ । यसमा पार्टी पोजिसन र धारणा बनाइराख्नु पर्दैन ।’ 

अर्का नेता योगेश भट्टराईले समीकरण अस्थायी नभए पनि सबै दलसँग एमालेले संवाद गर्ने बताए । 

‘यो समीकरण अस्थायी वा तत्कालका लागि बनाएका होइनौं । विकल्पमा एमालेभित्र छलफल–बहस हुन सक्छन् । तर हामी सबैसँग राम्रो सम्बन्ध राखेर जान चाहन्छौं,’ भट्टराईले भने, ‘एमाले र कांग्रेस कसरी मिलेर जान सकिन्छ भनेर छलफल गरेका छौं । यो भनेको सरकारका लागि मात्रै भनेको होइन ।’ 

नेता भट्टराईसहितका नेताले एमालेको यो कार्यक्रमका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो दिएका थिए । आइतवार देउवा एमालेको यो कार्यक्रममा वक्ता बनेर आउँदैछन् । 

पछिल्लो समय कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू दुई दल मिलेर अगाडि बढ्नुपर्ने विषयमा बोल्दै आएका छन् । यही बेला ओलीले समेत राजनीतिक प्रस्तावमा कांग्रेससँग मिलेर जान सकिने आशय व्यक्त गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x