×

NMB BANK
NIC ASIA

संसद् सकिएपछि खाली भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ संसद् कहाँ ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ असोज– व्यवस्थापिका संसद्को कार्यकाल शनिवारदेखि समाप्त भएसँगै संसदको बैठक बस्ने ठाउँ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी भवन) खाली भएको छ । आईसीसी भवन खाली भए पनि तत्कालैै सो भवन अन्य प्रयोजनका लागि भाडामा लगाइने छैन । संविधान सभा बैठक बस्नु अघि उक्त भवनमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता, सभा–सम्मेलन र मिस नेपाल प्रतियोगिताजस्ता कार्यक्रम आयोजना हुने गरेको थियो ।

आईसीसी भवन सरकारकै स्वामित्वमा भए पनि हाल शहरी विकास मन्त्रालयको सम्पत्तिको रुपमा रहेको छ । केन्द्रले व्यवस्थापिका संसद् सचिवालयलाई वार्षिक १० करोड रुपैयाँ भाडामा दिएको छ । हरेक दुई दुई वर्षमा करार नविकरण गर्ने व्यवस्था रहेको छ । सो भवन २०६५ सालदेखि संसद सचिवालयले भाडामा लिदै आएको छ ।

छैन नयाँ संसद भवन

नयाँ संसद भवन बनिनसकेका कारण अब बन्ने संसद पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै राख्ने तयारी छ । दुई सदनात्मक व्यवस्था हुने वित्तिकै ठाउँ नपुग्ने भनेर बहस गरिएको भए पनि आईसीसी भवनमै दुई वटा सदनलाई राख्ने तयारी भएको छ ।

व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले दुई वटै संसदलाई आईसीसीमा राख्नेगरी आफूहरुले तयारी गरिरहेको बताए । ‘दुईवटा सदन राख्नको लागि थप केही काम गर्नुपर्ने हुन्छ,’ उनले लोकान्तरसंग भने, ‘चुनाव सम्पन्न भएर जनप्रतिनिधि आउने बेलासम्म हामीले दुईवटा सदन राख्न सक्नेगरी काम गर्छौं ।’

आईसीसी सम्मेलन केन्द्रमा हाल ९ वटा सभा हल छन् । यी हललाई कसरी प्रयोग गर्ने भन्ने विषयमा काम भइरहेको उनले बताए । यसअघि ६ सय १ सांसद बस्दै आएको मुख्य हल नयाँ बन्ने २ सय ७५ सदस्यीय प्रतिनिधि सभाका लागि ठूलो हुनेछ ।

आईसीसी भवनलाई संसद सचिवालयले पहिले नै भाडामा लिएकाले हाल संसद बैठकका लागि अन्य ठाउँको बारेमा नसोचिएको गौतमले बताए । संसद सचिवालयले सिंहदरवार भित्रको पुतली बगैँचामा संसद भवन बनाउने योजना बनाए पनि काम शुरु हुन सकेको छैन ।

शहरी विकास मन्त्रालय अन्तर्गतको आईसीसीका प्रमुख पुरुषोत्तम अमात्यले पनि भवनको प्रयोग संसद सचिवालयले गरिरहेकोले फेरि पनि संसद सचिवालयले नै प्रयोग गर्ने जानकारी दिए ।

‘सरकारी सम्पत्ति नै हो, संसद पनि सरकारी सम्पत्ति नै हो,’ उनले लोकान्तरसंग भने, ‘फेरि पनि आईसीसीको प्रयोग संसद सचिवालयले नै गर्छ ।’

अमात्यले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आफूहरुले संसद सचिवालयसँग छलफल गरिरहेको बताए ।

संविधान सभा गठन हुनुपूर्व प्रतिनिधि सभाको बैठक सिंहदरवार स्थित ग्यालरी बैठकमा बस्ने गरेको थियो । २०१५ सालको संसद बैठक, राष्ट्रिय पञ्चायत, २०४८ सालपछिका तीनवटा प्रतिनिधि सभा सोही गयलरी बैठकमा बसेका थिए ।

२०६३ सालमा पुनस्र्थापित प्रतिनिधि सभा र माओवादी समेत सम्मिलित अन्तरिम व्यवस्थापिका संसदको बैठक पनि सोही भवनमा बस्दै आएको थियो ।

२०७२ सालमा आएको बिनासकारी भूकम्पले राणाकालीन समयमा बनेको ग्यालरी बैठकमा क्षती पुर्याए पछि सो भवन अहिले त्रिपालले छोपेर राखिएको छ ।

राष्ट्रिय सभाको लागि भने संसद सचिवालमा रहेको, यसअघि राष्ट्रिय सभा बस्दै आएको सभाहललाई मर्मत गरिएको थियो । वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै दुइवटा सदन बस्नेगरी हलको व्यबस्थापन गर्न लागिएको संसद सचिवालयको भनाइ छ ।

छिमेकी मित्रराष्ट्र चीनले २०४१ सालमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द बनाइदिएको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x