२६ जेठ २०८३, मंगलबार

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार

बैशाख २१, २०८१
झापा
झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार

झापामा कक्षा १२ को परीक्षा दिएर फर्केकी एक छात्रा घाइते अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्ण चन्दका अनुसार हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी एनिका अधिकारी गजमेर घाइते अवस्थामा फेला परेकी हुन् ।

'उनको कपडामा गोली जस्तो देखिने बस्तु फेला परेको छ', प्रवक्ता चन्दले भने ।

उनको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार घाइतेको पेटमा डढेको र दबेको चोट जस्तो चोट देखिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्