
शुक्रबार निर्धारित समयभन्दा २ घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ । दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ बजे बस्नुपर्ने बैठक ४ बजेदेखि सुरु भएको हो।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका छन् ।