जेठ ३, २०८१
भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । ...
बुटवल | जेठ १, २०८१
नेकपा (एमाले)का स्व महासचिव मदन भण्डारी स्मृति दिवसको अवसरमा यही जेठ ३ गते बुटवलमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा पाँचवटा ‘इभेन्ट’ ‘रोड रेस’ प्रतियोगिताका गर्न लागेको हो ।
एकेडेमीले मंगलबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका तयारी पूरा भएको जानकारी दिएको छ । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भाग लिन देशभरीबाट धावकहरू बुटवल आइपुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
हाफ म्याराथनको दूरी २१ किलोमिटर रहनेछ । हाफ म्याराथनमा मात्रै एक सयभन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अध्यक्ष आचार्यले बताए । प्रतियोगिता बिहान ६ बजे राजमार्ग चौराहाबाट शुरू हुनेछ । हाफ म्याराथनको विजेतालाई एक लाख, उपविजेतालाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार, चौथो, पाँचौ र छैटौं हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
यस्तै १० किलोमिटर (कलेजस्तरीय खुला छात्र र खुला महिला) दौडका विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार, चौथो, पाँचौ र छैठौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
५ किमी (विद्यालयस्तरीय खुला छात्र) विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १२ हजार, चौथो, पाँचौ र छैटौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तैगरी ३ किमी (विद्यालयस्तरीय छात्रा) विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई ७ हजार, चौथो, पाँचौ र छैटौं हुनेलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसैगरी विद्यालयस्तरीय १० वर्षसम्मका छात्र-छात्रा (१०० मिटर) दौड र ६० वर्ष माथिका जेष्ठ नागरिकका लागि वाल्कथुन प्रतियोगितामा पनि पुरस्कारको व्यवस्था गरिएको एकेडेमीले जनाएको छ ।
प्रतियोगितालाई व्यवस्थित बनाउन साइकल टिमसँगै स्वयंसेवक परिचालन गरिने खेल संयोजक मोहन घलेले जानकारी दिए ।
सोही अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नियमित उपचारका लागि एकेडेमीले दुई वर्षका लागि मासिक चार हजारका दरले औषधि खर्च उपलब्ध गराउने पनि उनले बताए । स्थापनापछि यसले खेलाडी उत्पादन, राष्ट्रिय– अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल गतिविधि गरिरहेको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए ।
गतवर्ष लुम्बिनीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको एकेडेमीले यसपटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो ।
भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । ...
क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...
सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...
इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...
इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् । राजस्थान इलिमिनेटरमा रोय...
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...