×

NIC ASIA

सहकारी ठगी प्रकरण

कांग्रेसको अवरोधपछि संसद् ३ गतेसम्म स्थगित, प्रचण्डले टेबल गर्न पाएनन् नीति-कार्यक्रम

काठमाडाैं | जेठ १, २०८१

Prabhu Bank
NTC
Premier Steels

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अबरुद्ध गरेको छ । 

Muktinath Bank

छानबिन समिति माग गर्दै कांग्रेसले संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)का बैठक अबरुद्ध गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार साँझ बसेको प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले बैठक शुरू भएको घोषणा गर्ना साथ कांग्रेस सांसद बेल घेर्न गएका थिए । कांग्रेस सांसदले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए । 


Advertisment
Nabil box
Kumari

मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको सरकारका नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने कार्यसूची थियो । कांग्रेसको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभा बैठक जेठ ३ गतेसम्मका लागि स्थगित गरेका छन् । 

Vianet communication

null

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने बताए । ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका हौं । संसदीय छानबिन समिति नबन्दासम्म अब कुनै सरकारी प्रस्तावमा हामी प्रवेश गर्न दिँदैनौं,’ लेखकले भने, ‘संसद् अवरोध गर्छौं । सरकारी कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं ।’ 

कांग्रेस नेताहरूसँग सोमवार र मंगलवार भएको छलफलमा प्रचण्डले व्यक्ति नतोकी संसदीय छानबिन समिति गठन गर्ने बताएका थिए । तर, सत्ता गठबन्धनमा सहमति नभएपछि संसदीय छानबिन समिति गठन हुन सकेको छैन । 

सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागसहित कांग्रेसले बजेट अधिवेशनको शुरूकै दिन वैशाख २८ गते संसद् अवरोध गरेको थियो । प्रधानमन्त्रीको आग्रह राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम पेश गर्न दिएको थियो । 

लामिछानेमाथि छानबिनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा पनि विरोध गरेको थियो । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x