×

NIC ASIA

दुई युवालाई तरवार प्रहार: पूर्ववडाध्यक्षसहित ९ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

विराटनगर | जेठ २, २०८१

Prabhu Bank
NTC
ज्यान मार्ने उद्योगमा मुछिएका पूर्ववडाध्यक्ष बलदेव यादव (बायाँ) र तरवार प्रहार गर्ने मुख्य अभियुक्त दीपेश यादव ।
Premier Steels

दुईजना युवालाई तरवार प्रहार गरेको आरोप लागेका विराटनगर–१४ का पूर्ववडाध्यक्ष सहित ९ जनाविरुद्ध डाँका र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ । ६५ वर्षीय पूर्ववडाध्यक्ष बलदेव यादवसहित ९ जनाविरुद्ध मुद्धा दर्ता भएको हो ।

Muktinath Bank

वडाध्यक्ष बलदेवलाई फरार प्रतिवादी बनाएर उनीहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा बुधवार अभियोग दर्ता गरिएको छ । सोही मुद्दामा विराटनगर १४ का ४३ वर्षीय जतुवाका फूलेश्वर यादव पक्राउ परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्ववडाध्यक्ष यादवसहित अन्य ८ जनालाई १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी राखेर अभियोग दर्ता गरिएको छ । यसमा विराटनगर १४ जतुवाका ३२ वर्षीय दीपेश यादव, ३१ वर्षीय राजौ भन्ने राजेश यादव, ४६ वर्षीय उपनारायण यादव, ४२ वर्षीय शंकर यादव, ६५ वर्षीय धनपत यादव र ३४ वर्षीय जोगिलाल भन्ने योगीलाल यादवविरुद्ध मुद्धा दायर भएको हो ।


Advertisment
Nabil box
Kumari

गत चैत ९ मा विराटनगर–१४ का पूर्ववडाध्यक्ष बलदेवको योजनामा ९ जनाको समूहले विराटनगर–१४ का ४० वर्षीय सन्तलाल यादव र ३० वर्षीय प्रकाश यादवमाथि तरवार प्रहार गरेको पीडितको आरोप छ । तरवार प्रहारबाट सन्तलाल गम्भीर घाइते भएका छन् । उनको अहिले पनि उपचार भइरहेको छ ।

Vianet communication

पूर्ववडाध्यक्ष बलदेव यसअघि पनि कर्तव्य ज्यान मुद्दामा मुछिएका थिए । विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा उनीसहित १० जनालाई कर्तव्य ज्यान मुद्दाका प्रतिवादी बनाइएको थियो । उनी वर्षाैंसम्म फरार रहेका थिए तर धरौटीमा छुटेका थिए ।

विवाहको विषयमा विवाद हुँदा २०७६ साल जेठ ३ गते समानन्दमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका उनको १ महिनापछि मृत्यु भएको थियो । समानन्दका परिवारले घटनामा संलग्न भएको आरोपमा ३ जना वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x