×

NIC ASIA

कोशीमा मन्त्रिपरिषद् विस्तारको तयारीः जसपा नेपाल त्यागेकी निर्मलालाई मन्त्री नबनाउने मनसायमा मुख्यमन्त्री

विराटनगर | जेठ २, २०८१

Prabhu Bank
NTC
निर्मला लिम्बू ।
Premier Steels

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्न दुई दल तयार भएका छन् । सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरू मन्त्रिपरिषद् विस्तार गर्न तयार भएका हुन् । बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको नेताहरूले  बताएका छन् । गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले सोही दिन एमालेबाट रामबहादुर रानामगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए । 

Muktinath Bank

तर, उनीहरूलाई अहिलेसम्म मन्त्रालयको जिम्मेवारी दिइएको छैन । एमालेले मुख्यमन्त्री पछाडि दोस्रो वरीयतामा रहेका राम रानामगरलाई आर्थिक मामिला मन्त्रालय दिने तयारीमा मुख्यमन्त्री रहेको जनाइएको छ । ‘अहिलेसम्मको तयारीमा उहाँलाई नै आर्थिक मामिला दिने भन्ने तयारी छ,’ एमालेका एक नेताले भने ‘तर पहिलादेखि नै बजेट भाषण गर्ने उहाँको सोख थियो । अहिले पनि नयाँ बजेट बनाएपछि मात्रै आर्थिक मामिलाको जिम्मेवारी दिन सक्नुहुन्छ । ’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीले भौतिक पूर्वाधार मन्त्रालय पाउने स्रोतले जनाएको छ । बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुन सक्ने कोशी सरकारका प्रवक्तासमेत रहेका विना विभागीय मन्त्री रामबहादुर रानाले बताए । मुख्यमन्त्रीसहित ५ मन्त्रालय एमालेले र ३ मन्त्रालय माओवादीले पाउने गरी सहमति भएको स्रोतले बताएको छ । 


Advertisment
Nabil box
Kumari

क–कसलाई मन्त्री बनाउने भन्नेबारे अहिलेसम्म दलले नाम भने टुंग्याएका छैनन् । सत्ता गठबन्धनका नेताले मन्त्री दिने आश्वासन दिएर निर्मला लिम्बूलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रोज्न लगाएका थिए । अहिले भने उनीहरू पछाडि हटेका छन् । उनलाई मन्त्री बनाउन आवश्यक नरहेको उनीहरूले बताएका छन् । ‘अहिले निर्मला माननीयलाई मन्त्री बनाउने कुनै योजना छैन,’ गठबन्धनमा रहेका एक नेताले भने, ‘केन्द्रको निर्देशन पनि छैन । यहाँ पनि आवश्यक छैन । ’ 

Vianet communication

जसपा रोजेकी निर्मला कोशी प्रदेशमा दुई पटक स्वास्थ्यमन्त्री भएकी थिइन् । उनले त्यही मन्त्रालयमा दाबी गरेको स्रोतले जनाएको छ । उनी २०६९ पुस २५ गते पहिलो पटक मन्त्री भएकी थिइन् । त्यसबेला पनि हिक्मत कार्कीले नै सरकारको नेतृत्व गरेका थिए । तर प्रदेशको नामकरणप्रति असन्तुष्ट हुँदै उनले राजीनामा दिएकी थिइन् । यसपछि उनी २०८० साउन २६ गते दोस्रो पटक उनी स्वास्थ्यमन्त्री भएकी थिइन् । दोस्रो पटक उद्धव थापाको नेतृत्वमा बन्दा पनि उनी स्वास्थ्यमन्त्री नै भइन् । हिक्मत कार्कीले मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखको कार्यालयमा जाँदा उनी पनि गएकी थिइन् । उनी जसपामा नखुलेका कारण हस्ताक्षर भने गरेकी थिइनन् । सोमबारको प्रदेशसभाको बैठकमा उनी विश्वासको मत नदिइ सत्ता पक्षमै बसेकी थिइन । 

मुख्यमन्त्री कार्कीले पनि निर्मलालाई मन्त्री बनाउने संकेत गरेका थिए । तर हस्ताक्षर गरेर फुटेको पार्टीमा प्रवेश गरेपछि भने मुख्यमन्त्री कार्की उनलाई अहिले नै मन्त्री नबनाउने निष्कर्षमा पुगेका छन् ।  विश्वासको मत लिएलगत्तै काठमाडौं गएका मुख्यमन्त्री कार्की बुधबार विराटनगर आएका छन् । मुख्यमन्त्रीसँग थप छलफल गरेर बिहीबारसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।  

एक मन्त्रालय खाली राखेर अन्य मन्त्रालयमा मन्त्री पठाउने मुख्यमन्त्रीको तयारी छ । केन्द्र सरकारमा गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी) भने प्रतिपक्षमा रहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x