×

NIC ASIA

६ बुँदे सहमतिसँगै आजपाको भन्सार लक्षित आन्दोलन फिर्ता

काठमाडाैं | जेठ २, २०८१

Prabhu Bank
NTC
Premier Steels

 भन्सार नियमावलीमा व्यवस्था गरिएका केही प्रावधान खारेजीलगायतको माग राख्दै आन्दोलनरत आम जनता पार्टी (आजपा) र सरकारबीच ६ बुँदे सहमति भएको छ । बुधबार भन्सार विभागमा भएको छलफलका क्रममा ६ बुँदे सहमति भएको हो । 

Muktinath Bank

आजपाले २०८० साउन ३१ गते भन्सार विभागलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो माग पुरा गर्न दबाब दिएको थियो । तर, सो माग पूरा हुन नसकेपछि आजपाले चरणबद्ध आन्दोलन गर्दै आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मागहरु सम्बोधनका लागि सम्बन्धित निकाय वा तहलाई जानकारी/ध्यानाकर्षण गराउने सम्बन्धमा अर्थ मन्त्रालय, भन्सार विभाग र संघर्षरत पक्षका विवादमा संवादमा बसी समाधान निकाल्ने विषयमा दुई पक्ष सहमत भएको जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

सहमतिअनुसार सुसाकी पुरस्कारको प्रावधान हटाउन वा परिमार्जन गर्नका लागि आवश्यक संशोधन गर्नका लागि अर्थ मन्त्रालयलाई लेखिपठाउने सहमति भएको छ । आजपाले नियमावलीमा रहेको ४५ प्रतिशतसम्मको पुरस्कार बापतको कमिसन खारेजीको माग गर्दै आएको थियो । 

Vianet communication

यस्तै आजपाले कर, कानुन, राजस्व कानुन तथा भन्सार कानुनमा एकरुपमा ल्याउन भन्सार नियमावदीबाट व्यक्ति पक्राउ गर्ने, सवारी सधान तथा सम्पत्ति जफत गर्ने प्रावधान हटाउनुपर्ने  माग गरेको थियो । यस सम्बन्धमा भन्सार ऐनमा संशोधन वा परिमार्जन नै गर्नुपर्ने देखिएको तथा हालै नयाँ भन्सार विधेयक संघीय संसदमा पेश भई छलफलकै क्रममा रहेकाले सम्पत्ति जफत सम्बन्धमा आवश्यक कारबाहीका लागि मन्त्रालयलाई लेखिपठाउने सहमति भएको छ । 

यसैगरी भन्सार कार्यालयहरूबाट उठेको राजस्वमध्ये २५ प्रतिशत सम्बन्धित प्रदेश र २० प्रतिशत सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था हुनुपर्ने मागका सम्बन्धमा पनि नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालयलाई देखि पठाउने दुई पक्षबीच सहमति भएको छ । 

यस्तै घरायसी प्रयोजनका लागि ल्याइने वस्तुमा भन्सार नलाग्ने व्यवस्थाको सम्बन्धमा पनि आवश्यक प्रबन्ध मिलाउन मन्त्रालयलाई सिफारिस भएको छ ।

यस्तै भन्सार सुधारका लागि प्रविधिमैत्री आधुनिक पूर्वाधारसहितको स्तरोन्नति तथा सेवाग्राही सहजीकरण, अवैध कारोबार नियन्त्रण जस्ता विषयहरुमाम निरन्तर सम्पर्क र संवादमा रही पृष्ठपोषण प्राप्त गरी सुधारलाई निरन्तरता दिने दुई पक्षबीच सहमति भएको छ । 

सहमतिसँगै आजपाको भन्सार राजस्व सुधार सङ्घर्ष समितिले गर्दै आएको धर्नासहितको सम्पूर्ण आन्दोलन फिर्ता लिने सहमति भएको सङ्घर्ष समितिकी संयोजक रञ्जु साहले जानकारी दिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x