२६ जेठ २०८३, मंगलबार

पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते

जेठ ३, २०८१
बुटवल
पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते

बिहीबार पोखरादेखि गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ख ८१७५ नम्बरको बस रुरुक्षेत्रमा दुर्घटनामा परेको छ । 

गुल्मीको रिडीदेखि माथि फलाटेमा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजन भुजेलले जानकारी दिए । 

‘प्रहरीले घटनास्थलबाट घाइतेहरूलाई उद्धार गरेर हस्पिटल पठाइँदै छ,’ एसपी भुजेलले भने, ‘अहिलेसम्म १२ जना घाइते भएको भन्ने सूचना आएको छ ।’

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्