×

१८ लाख खर्चेर भक्तजनलाई मालिका धुरीमा खानेपानीको व्यवस्था

म्याग्दी | जेठ ९, २०८१

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाखको लागतमा खानेपानीको व्यवस्था गरिएको छ ।

समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा दुई किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत् पानी ल्याएर भक्तजनलाई खानेपानीको व्यवस्था गरिएको हो ।


Advertisment

कुइनेमङ्गले निवासी भरत छन्त्याल र खिममाया छन्त्यालको व्यक्तिगत सात लाख ६५ हजार र रघुगङ्गा गाउँपालिकाको १० लाख  गरी १७ लाख ६५ हजार र ३५ हजार बराबरको स्थानीयको श्रमदानबाट मालिका देउरालीमा खानेपानी पुर्याइएको शीतल मालिका युवा क्लबका निवर्तमान अध्यक्ष एवं रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका अगुवा युवा प्रविन छन्त्यालले जानकारी दिए ।


Advertisment

पूर्वअध्यक्ष छन्त्यालका अनुसार मालिका देउरालीबाट दुई किलोमिटर पर रहेको लिसेखर्क भन्ने ठाउँबाट पाइपमार्फत् मालिका देउरालीमा पानी पुर्याइएको हो । 
यसअघि मालिका मन्दिरमा खानेपानी नहुँदा त्यहाँ पुग्ने भक्तजनले सास्ती व्यहोर्दै आउनुपरेको थियो । एक घण्टाको दूरीमा रहेका मूलहरूबाट पानी बोकेर भक्तजन मालिका मन्दिरमा पुग्नुपर्ने अवस्था रहेकामा देउरालीमा पानी पुगेपछि भक्तजनलाई सुविधा पुगेको छन्त्यालले बताए ।

पानीको मुहान रहेको लिसेखर्कबाट धारा राखिएको मालिका देउराली उकालो दुई किलोमिटर उकालोमा पर्दछ । उकालो भएकाले पानी चड्न गाह्रो हुने भएको र लगातार धारोमा पानी नझर्ने भएकाले एक हजार लिटरको ट्याङ्कीमा पानी भर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

मालिका मन्दिर परिसरको धरम पानीसम्म पानी पुर्याउने योजना रहेको भए पनि ठाडै उकालो भएकाले पानी नचढेपछि देउरालीमा धारा राखिएको उनले बताए । ठाडाखानी, हिदी र टोड्केको बाटो हुँदै  मालिका मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीहरूलाई देउरालीमा पानी हुँदा निकै सहज हुने रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए । यो समय पानीको स्रोत पर्याप्त नहुँदा पानी अनावश्यक खेर नफाल्न मालिका खानेपानी समितिले त्यहाँ पुग्ने भक्तजनलाई अनुरोध गरेको छ ।

मालिका म्याग्दीको ऐतिहासिक धार्मिकस्थल एवं प्रमुख पर्यटकीयस्थल हो । समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित यो मन्दिर विकट भूगोलमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाका वडा नं ६, ७ र रघुगङ्गा गाउँपालिका–६ को सिमानामा रहेको मालिकामा विशेषगरी चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीमा पूजाआजासहित भव्य मेला लाग्ने गर्दछ । मालिकाको पूजाआजा, दर्शन र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । रासस

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x