×

सरसर्ती २४ घण्टा

किन पक्राउ परे कैलाश सिरोहिया ?

काठमाडाैं | जेठ ९, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहिया पक्राउपछि यतिबेला पक्ष–विपक्षमा बहस भइरहेका छन् । एक पक्षले गृहमन्त्री रवि लामिछानेको योजनामा उनलाई पक्राउ गरिएको आरोप लगाएका छन् भने अर्को पक्षलेचाहिँ नागरिकता प्रकरणमा उनलाई पक्राउ गरेकाले प्रेस स्वतन्त्रतासँग यो विषयलाई जोड्न नहुने तर्क गरिरहेका छन् । 

यद्यपि मंगलबार पक्राउ परेका उनलाई प्रहरीले जाहेरी परेको जिल्ला धनुषा पुर्याइसकेको छ भने बुधबार नै जिल्ला अदालत धनुषामा म्मयाद थपका लागि उपस्थित गराइनेछ । 


Advertisment

प्रहरीले उनलाई पक्राउ गनपर्नुको ६ आधार र कारण प्रस्तुत गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर उनले नागरिकता लिनुपूर्व नै उक्त नम्बरको नागरिकता शिवजी साहु रोसीको नाममा जारी भइसकेको देखिएको उल्लेख गरेको छ । 


Advertisment

यस्तै जिल्ला प्रशासन कार्यालय, धनुषाको २०८१–०१–२० को पत्र अनुसार प्राप्त जबाफमा ०३३–३४ को बालिग रेकर्डमा विदेशी बाबु– आमाबाट नेपालमा जन्म भएका नागरिकका नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिएको छ । साथै घासीराम मारवाडी (सिरोहिया)को सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको प्रहरीको भनाइ छ । 

यस्तै सिरोहियाले २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिकामा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको र उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको देखिएको पनि प्रहरीले जनाएको छ । 

उनको नागरिकताको प्रतिलिपिमासमेत जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्ममिति २०१९–०८–२९ लेखेको पाइएको भन्दै प्रहरीले जन्म मितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएको उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको जनाएको छ । विवरण फरक देखिएकोले पछि कोष्टमा जन्ममिति थपी कीर्ते गरेको देखिएको प्रहरीको भनाइ छ । 

सिरोहियाले प्रथमपटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६–०५–२५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर उनले २०५७–०६–२९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्ममिति २०१९–०८–२९ लेखेको पाइएकोले उमेर, जन्ममिति र नागरिकताको जारी मितिबिच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकाले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको  पनि प्रहरीको भनाइ छ । प्रहरीले यही कारण र आधारसहितको जिकिर लिएर धनुषा जिल्ला अदालतमा पक्राउ पुर्जीका लागि निवेदन पेश गरेको थियो । सोहीआधारमा पक्राउ पुर्जी जारी भएपछि सिरोहिया मंगलबार साँझ थापाथलीस्थित आफ्नै कार्यकक्षबाट पक्राउ परेका थिए । 

सिरोहिया प्रकरणमा थप समाचार

गृहमन्त्री लामिछानेले प्रतिशोध साँधेको भन्दै विपक्षी दलको चर्को विरोध, सत्तापक्षको मौनता
००००
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दुई वर्ष कैद र २५ करोड ४७ लाख जरिवाना सुनाएको छ । 
पौडेललाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर गर्दै न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठले इजलासले मंगलबार कैद र जरिवानाको सजाय सुनाएको हो ।
००००
नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढाएको छ ।
क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् ।
००००
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल एकै दिनमा टुङ्ग्याइने भएको छ । त्यसका लागि जेठ ११ गतेको समय तोकिएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले जेठ ११ गते एकैदिन छलफल र प्रधानमन्त्रीले जवाफ दिने गरी दिन तोकिएको जानकारी दिएका हुन् ।
००००
राष्ट्रिय सभाको मंगलबारको निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ ११ गते शुक्रबार अपरान्ह  १ः१५ मिनेटमा बस्ने छ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेबमोजिम प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण मंगलबार सार्वजनिक गरिएको हो । 

प्रधानमन्त्री प्रचण्डको अचल सम्पत्ति स्व श्रीमती सीता दाहालको नाममा रहेको पाइएको छ । 

जसअनुसार चितवनको भरतपुर महानगरपालिका १४ मा पार्किङसहित १४ कठ्ठा जग्गा रहेको पाइएको छ । यो पैत्रिक सम्पत्ति रहेको उल्लेख छ । यस्तै भरतपुर १२ मा १ कठ्ठा जग्गा रहेको र यो अंशबाट प्राप्त गरेको जनाइएको छ । 

यसैगरी प्रधानमन्त्री प्रचण्डसँग ५ तोला सुन र एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ रकम रहेको जनाइएको छ । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।

विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारीसाधन रहेको उल्लेख छैन । यसैगरी उनले कुनै शेयर कारोबार गरेको विवरणमा छैन । प्रचण्ड मन्त्रिपरिषद्मा रहेका एक मन्त्री र एक राज्यमन्त्रीबाहेक सबैको सम्पत्ति विवरण सार्वजनिक भएको हो । मन्त्रिपरिषद्मा सबैभन्दा धनी रघुवीर महासेठ देखिएका छन् । 
००००
सहकारीको रकम हिनामिना प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन बनेको कार्यदल उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा गएर अड्किएको छ । कानून मन्त्रालय सिंहदरवारमा मंगलवार बिहान बसेको बैठकमा रविको नाममा गएर कुरो अड्किएको हो । 

फेरि बसेर छलफल गर्ने सहमतिसहित छलफल सकिएको कार्यदल सदस्य समेत रहेका एमाले संसदीय दलमा प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
००००
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मृत फेला परेका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो । ट्याक्सी चलाउने भक्तपुर नगरपालिका–७, छालिङका नगरकोटी मंगलबार बिहान  मृत भेटिएका थिए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एकछिन सरकारमा नहुँदा पानीबाट निकालेको बगरको माछाजस्तो छटपटाएको टिप्पणी गरेका छन् ।

 विराटनगर विमानस्थलमा मंगलबार बिहान संचारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले कांग्रेस एकछिन सत्तामा नहुँदा छट्पटिएर पानीबाट निकालेको बगरको माछाजस्तो फट्याकफट्याक गरेको टिप्पणी गरेका हुन् ।

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x