२६ जेठ २०८३, मंगलबार

पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य

जेठ १३, २०८१
काठमाडौं
पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य

 सरकारले पर्यटन प्रवद्र्धनका लागि नेपालमा प्रतिदिन पर्यटकको खर्च बढाउने नीति अख्तियार गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०÷८१ अनुसार सरकारले आगामी दश वर्षमा प्रतिपर्यटक खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको हो । 

पर्यटन प्रवद्र्धनका लागि सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाए । प्रतिपर्यटक प्रतिदिन औसत खर्च एक सय २५ डलर पु¥याउने लक्ष्य लिइएको छ । सन् २०२३ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर रहेको छ । 

    त्यस्तै, सन् २०२२ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०÷५ अमेरिकी डलर रहेको छ । विदेशी पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा पनि वृद्धि भएको छ । सन् २०२३ मा पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा सीमान्त वृद्धि भएको छ । यस अवधिमा पर्यटकको औसत बसाई १३.२ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१.० अमेरिकी डलर रहेको छ । सन् २०२२ मा पर्यटकको बसाइ अवधि औसत १३.१ दिन रहेको थियो । सन् २०११ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको थियो ।

    आर्थिक सर्वेक्षणअनुसार विशिष्ट प्रकृतिका पर्यटकीय गन्तव्य र उपजका कारण नेपाल विश्वकै प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको छ । भूकम्पबाट क्षतिग्रस्त अधिकांश सांस्कृतिक एवं पर्यटकीय सम्पदाको पुनः निर्माण सम्पन्न हुनाका साथै नयाँ पर्यटकीय गन्तव्यको समेत विकास हुँदै गएको छ । दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।

    कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र कोभिड महामारी पूर्वको अवस्थामा आइपुगेको छ  । पर्यटन क्षेत्रले गति लिँदै गएसँगै होटल व्यवसाय चलायमान हुँदै गएका छन् भने पर्यटकबाट प्राप्त हुने आम्दानी उल्लेख्यरुपमा बढेको छ ।
    
    पछिल्लो दशक (२०१४–२०२३) मा भूकम्प र कोभिड–१९ महामारीको बाबजुद ६६ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो दशकमा प्रतिवर्ष औसत पर्यटक आगमन ६ लाख ६१ हजार रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्