२७ जेठ २०८३, बुधबार

सरकारसँगको सम्झौता कार्यान्वयन भएन  : अध्यक्ष ठाकुर

जेठ १३, २०८१
काठमाडौं
सरकारसँगको सम्झौता कार्यान्वयन भएन  : अध्यक्ष ठाकुर

 लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा  सरकारसँग भएका विभिन्न सम्झौता पालना नभएको गुनासो गरेका छन् । उनले भने, “ जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।”  

लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीद्वारा सदरमुकाम मलङ्गवामा आज आयोजित सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुर संविधान र कानुनलाई आफ्नो पार्टीले परिपालन गरिराखेको बताए ।   “हामी चुनाव लड्छौँ, चुनाव लड्नु भनेको त युद्ध सरह  हो”,  उनले भने, “ हामी शान्तिपूर्ण रुपमा अहिंसात्मक आन्दोलन गरिरहेका छौँ ।”   उनले मधेस आन्दोलनको क्रममा नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दाको फिर्ता गर्न र जेलमा रहेको तथा मुद्दा लगाइएपछि फरार रहेकामाथिको मुद्दा फिर्ता गर्न सरकारसँग माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्