×

NIC ASIA

प्रधानमन्त्रीले देउवा र ओलीलाई बालुवाटार बोलाए

काठमाडाैं | जेठ १४, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

सहकारी प्रकरण सम्बन्धमा छानबिन गर्न बनाइन लागेको संसदीय छानबिन समिति गठनको विषय पेचिलो बन्दै गइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका  अध्यक्ष केपी ओलीलाई छलफलको लागि बोलाएका छन् ।

सत्तारुढ र विपक्षबीच सोमबार बिहान सहमति नभएपछि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीलाई आजै दिउँसो ३ बजे छलफलको लागि बोलाएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहानको बैठकमा सहकारीमा भएको नागरिकको पैसा अपचलनको विषयमा कांग्रेसले गृहमन्त्री रवि लामिछाने केन्द्रित छानबिन समिति बनाउनुपर्ने अडान लिएको थियो ।


Advertisment
Rupse Holidays
Nabil box

रविको नाम प्रत्यक्ष नलिए पनि उनी संलग्न भएको गोर्खा मिडिया, यसका पदाधिकारीमाथि छानबिन गर्नुपर्ने अडान कांग्रेसको थियो । तर सत्तापक्षका एमाले र रास्वपाले कुनै पनि हालतमा रवि केन्द्रित छानबिन समिति गठन गर्न नसकिने अडान लिएका थिए ।

Vianet communication

प्रधानमन्त्रीले दुवै पक्षका कुरा सुनेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीबीच छलफलमा जुटेको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्ने गरी कांग्रेसले बैठक बोलाएको हो । यो बैठकपछि कांग्रेसले आफूहरूको धारणा सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेस सहभागी हुने तयारीमा छ ।

एमालेले पनि कांग्रेसले एकपछि अर्को बहाना झिक्न छानबिन समितिलाई प्रयोग गरिरहेको टिप्पणी गरेको छ । कांग्रेसले गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा आफूहरूलाई जोडेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

आज दलबीच संसदीय छानबिन समितिमा सहमति नभए भोलि संसदको संयुक्त बैठकमा ल्याइने बजेट कार्यक्रमसमेत प्रभावित हुने स्थिति छ ।

यसैले प्रधानमन्त्रीले अग्रसरता लिँदै छलफलको श्रृंखला नै चलाएका छन् ।

अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x