
महिला ट्राफिक प्रहरीले अब महिनावारीका बेला सडकमा डिउटी गर्नु नपर्ने भएको छ ।
गणतन्त्र दिवसका अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा डिउटी गर्नु नपर्ने घोषणा गरेका हुन् ।
उनीहरूको ठाउँमा ट्राफिक नियम उल्लंघन गरेकालाई स्वयंसेवकका रूपमा खटाइने उनको भनाइ छ ।
'गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयास: अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन,' उनले लेखेका छन्, 'मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ।'