×

रफाह शिविरमा इजराइली आक्रमणः २१ जनाको मृत्यु

काठमाडाैं | जेठ १५, २०८१

फाइल तस्वीर ।

रफाह–रफाहको पश्चिममा मङ्गलबार विस्थापितहरूको शिविरमा भएको इजराइली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । यस्तै प्रकारको आक्रमणले विश्वव्यापी आक्रोश फैलाएको दुई दिनपछि उक्त आक्रमण भएको हो । 

Laxmi Bank

एजेन्सीका वरिष्ठ अधिकारी मोहम्मद अल–मुगय्यिरले भने, ‘रफाहको पश्चिममा विस्थापित नागरिकको पाललाई लक्षित गरी गरिएको आक्रमणमा २१ जनाको मृत्यु भएको छ ।’


Advertisment

हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सोही सङ्ख्या दिँदै ६४ जना घाइते भएको र तीमध्ये १० जना गम्भीररूपमा घाइते भएको बताएको छ । प्यालेस्टिनी समूह हमासले पनि इजराइली आक्रमणमा यस क्षेत्रमा ‘दर्जनौँ मानिस सहिद भएको’ बताएको छ । 


Advertisment

इजराइली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हगारीले पत्रकारहरूसँग भने, ‘मलाई यस घटनाका बारेमा थाहा छैन, हामी घटनाको अनुसन्धान गरिरहेका छौँ र हामी तपाईंलाई अग्रीम सूचना दिनेछौँ ।’

गाजा अधिकारीहरूका अनुसार आइतबार इजराइली आक्रमणमा दक्षिणी गाजा पट्टी सहरमा भीडभाडयुक्त शिविरमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएपछि विश्वव्यापी आक्रोश बढेको थियो । 

इजराइलले मे ७ मा रफाहमा आफ्नो विवादास्पद आक्रमण सुरु गर्यो र त्यहाँ शरण लिएका १४ लाख प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि विश्वव्यापी चिन्ताहरूलाई खारेज गर्यो । 

राष्ट्रसङ्घीय प्यालेस्टिनी शरणार्थी एजेन्सी युएनआरडब्ल्यूएले मङ्गलबार त्यसयता करिब १० लाख नागरिक रफाहबाट भागेको बताएको छ । 

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

शुभ विजया !

शुभ विजया !

असोज २६, २०८१

आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

x