२७ जेठ २०८३, बुधबार

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

जेठ १६, २०८१
पाेखरा
गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

उनले बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् ।

यस्तै मुख्यमन्त्री पाण्डेकै दल नेपाली कांग्रेसबाट टकराज गुरुङ र विन्दुकुमार थापाले मन्त्री पदमा शपथ लिएका छन् ।

null 

गुरुङले अर्थ मन्त्रालय र थापाले सामाजिक विकास मन्त्रालयले सम्हाल्ने भएका छन् । 

सर्वोच्च अदालतले सोमबार खगराज अधिकारीले प्रदेशसभाबाट लिएको विश्वासको मत बदरको फैसला गरेको थियो । 

अदालतको परमादेशपछि प्रदेश प्रमुख भट्टले पाण्डेलाई ठूलो दलको नेताको हैसियतमा गण्डकीको मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्