२७ जेठ २०८३, बुधबार

ओलम्पिकको तयारीमा प्रिन्सः कोलम्बोमा २० दिन प्रशिक्षण लिँदै

जेठ १९, २०८१
काठमाडौं
ओलम्पिकको तयारीमा प्रिन्सः कोलम्बोमा २० दिन प्रशिक्षण लिँदै

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक तयारीको प्रशिक्षणका लागि आइतबार श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्ने भएका छन् ।

प्रिन्स कोलम्बोस्थित राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन् । उनको प्रशिक्षण जुन २ तारिख (वैशाख २०)देखि शुरू हुनेछ । उनलाई इन्डोनेसियाको राष्ट्रिय टोलीसमेत सम्हालिसकेका इन्डोनेसियाली प्रशिक्षक टोनी वाहयुदीले प्रशिक्षण दिने छन् ।

प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भएका हुन् । प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलंका जानेछन् ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

null

सो अवसरमा सदस्य–सचिव घिसिङले नेपाल ब्याडमिन्टन संघलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘ट्रेनिङ प्लान’ पेश गर्न निर्देशन दिँदै नेपाली प्रशिक्षकको पनि स्तरबृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससँगै प्रशिक्षकलाई पनि श्रीलंका पठाएको जानकारी दिए ।

‘ओलम्पिक यात्रासम्म प्रिन्सका लागि के गर्नु पर्छ । सम्पूर्ण विवरण समेटेर ‘ट्रेनिङ प्लान’ परिषद्मा पेश गर्नु होला । परिषद्ले सक्दो सहयोग गर्नेछ,’ उनले भने, ‘प्रिन्ससँगै प्रशिक्षकलाई पनि पठाउनुको उद्देश्य प्रशिक्षकले पनि सिक्ने अवसर प्राप्त गरुन् भन्ने हो । त्यहाँ सिकेको सीपले नेपाली खेलाडीलाई लै फाइदा पुग्ने हो ।’

राखेपका सदस्य–सचिव घिसिङ र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र अन्य पदाधिकारीले प्रिन्सलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन ।
 

salt training

कमेन्ट गर्नुहोस्