
सुनको लेपन गरिएको कपडासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको मुम्बईबाट काठमाडौं आएका २७ वर्षीय गुल्सन पाण्डे आइतबार दिउँसो २ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ परेका हुन् ।
उनले लगाएको भित्री वस्त्रलाई नाप तौल गर्दा अन्दाजी ५९८ ग्राम सुन पाइएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।