
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहितलाई प्रतिवादी बनाएर १ अर्बमाथिको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार विभिन्न ५ वटा मुद्दामा कुल १ अर्ब ४ करोड ८७ लाख ३३ हजार रुपैयाँ बिगोसहित मुद्दा दायर गरिएको हो ।
आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्म सरकारी दर रेटभन्दा कम दर रेटमा ढुंगा, गिट्टी, रोडा, बालुवा उत्खनन गरेको भन्दै मुद्दा दायर गरिएको उनले बताए ।
अख्तियारले मेयर महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ ।
लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा पेस गरिएको छ ।