×

गृहमन्त्री जोडिएको प्रकरण

अलमलमा सहकारी छानबिन समिति– संयोजक नै जिल्ला फर्किएपछि शुरू भएन काम

सूर्य थापा भन्छन्– एमालेको प्युठान अधिवेशन छाडेर समितिको बैठक राख्न सक्दिनँ

काठमाडाैं | जेठ २२, २०८१

सहकारीमा भएको रकम दुरुपयोगको विषयमा छानबिन गर्न १५ जेठमा संसदीय विशेष समिति बने पनि अझै छानबिनको काम शुरू हुन सकेको छैन । 

सत्तारुढ र विपक्षीबीच बजेट ल्याउने दिन ७ सदस्यीय ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठनमा सहमति जुटेलगत्तै सोही प्रतिनिधिसभामा यो समिति गठन भएको थियो । 


Advertisment

नागरिकको रकम दुरुपयोग भएका २९ वटा सहकारीको छानबिन गर्न तीन महिनाको समय दिइएको थियो । तर, एक हप्ता हुँदासम्म पनि समितिले अझै काम थाल्न सकेको छैन । छानबिन समितिको संयोजकमा एमालेका सूर्य थापा छन् । 


Advertisment

एमालेकै सरिता भुसाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने छन् ।  माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान पनि सदस्य छन् । 

सिंहदरबारमा कार्यालय र कर्मचारीसहितको व्यवस्था भइसकेको छ । तर, अहिलेसम्म एउटा पनि बैठक बस्न सकेको छैन । १५ जेठमा समिति बनेको भोलिपल्टैदेखि संयोजक सूर्य थापा एमालेको जिल्ला अधिवेशनका लागि प्युठानमा व्यस्त छन् । यसैले समितिले पहिलो हप्ता काम थाल्न नसकेको हो । 

संयोजक रहेका थापाले आफू एमालेको अधिवेशनमा प्युठानमा व्यस्त भएकाले समितिको बैठक राख्न नसक्ने बताउँछन् । 

‘संसद्मा बजेटमाथि छलफल चलिरहेको छ । यो बजेटको छलफलपछि समितिले काम थाल्छ । म यतिखेर एमालेको प्युठान जिल्ला अधिवेशनमा आएको छु । म अधिवेशन छाडेर समितिको बैठक गर्न सक्दिनँ,’ थापाले भने, ‘काठमाडौं आएपछि बुधबारदेखि बैठक राखेर छानबिनको प्रक्रिया अगाडि बढाउँछु ।’

समितिमा रहेका सदस्य माओवादी केन्द्रका लेखनाथ दाहालले पनि एक हप्तासम्म एउटा पनि बैठक बस्न नसकेको बताए । ‘सिंहदरबारमा छानबिन समितिको कार्यालय र कर्मचारीको व्यवस्था भइसकेको छ । समिति बनेको भोलिपल्टै संयोजक प्युठान जानुभएको छ । अहिलेसम्म फर्किनुभएको छैन । यसैले औपचारिक कार्य प्रारम्भ भएको छैन । संयोजक फर्किनुभयो भने भोलि नै समितिको बैठक बस्छ ।’

दलीय सहमतिको ४ बुँदे टीओआरलाई संसदले समेत अनुमोदन गरेकाले छानबिनमा समस्या नहुने दाहालको बुझाइ छ ।

‘बचत दुरुपयोगको विषयमा २९ वटा सहकारीको छानबिन गर्ने, के समस्या हुन् पहिचान गरेर रकम अपचलन गरेको भेटिए कारबाहीको सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ,’ दाहालले लोकान्तरसँग भने, ‘समितिले काम शुरू गरेपछि तीन महिनाको अवधि शुरू हुन्छ । हामी तोकिएको समयमै छानबिनलाई टुंग्याउँछौं ।’

समितिमा कांग्रेसबाट सदस्य रहेकी ईश्वरी न्यौपानेले महत्त्वका साथ समिति गठन भए पनि एक हप्तासम्म पनि बैठक बस्न नसक्नु उचित नभएको बताइन् ।

‘निकै पेचिलो अवस्थाबाट उठेर हामीले सहमतिको आधारमा सहकारी प्रकरणको छानबिन गर्ने तयारी अगाडि बढ्यौं । तर, जुन रफ्तारले छानबिनको विषय अगाडि बढ्नुपर्ने थियो, त्यो भइरहेको छैन,’ न्यौपानेले भनिन्, ‘संयोजक तातिनुभएको छैन । उहाँ पार्टीको कामले बाहिर हुनुहुन्छ । भोलि (बुधवार) बैठक बस्छ भन्ने सुनेका छौं । बैठक राखेर विषय राख्ने एउटा कुरा हो । तर बैठक नै बस्न नखोज्ने हुनुहुँदैन ।’ 

गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले उनीमाथि नै छानबिनको माग गर्दै आएको थियो । तर, सत्तारुढ दल रवि केन्द्रित छानबिन समिति गठनमा तयार देखिएनन् । यसैले रवि जोडिएको भनिएको गोर्खा मिडियाकेन्द्रित भएर छानबिन गर्ने टीओआरमा दलहरू सहमत भएका छन् । 

‘गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थामा प्रवाह भएको रकमको स्थिति । सो रकम गैरकानूनीरूपमा प्रवाह भए/नभएको र त्यस्तो गैरकानूनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन र छानबिन गरी जोखिममा परेको रकम असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानूनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने,’ टीओरको चौथो बुँदामा भनिएको छ ।

टीओआरले लामिछानेको नाम उल्लेख नगरे पनि गोर्खा मिडिया केन्द्रित भनेर छानबिन गर्ने विषय प्रस्ट लेखिएपछि गृहमन्त्री पनि यसभित्रै तानिने तर्क कांग्रेसले गर्दै आएको छ ।

‘हामीले पहिलेदेखि गृहमन्त्री सहकारी रकम हिनामिनामा संलग्न हुनुहुन्छ भन्दै आएका छौं । यसैले समितिको माग गरेका हौं,’ कांग्रेसका एक नेता भन्छन्, ‘समितिले रविजीको नाम उल्लेख नगरे पनि उहाँ गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टीभीमा एमडी हुनुहुन्थ्यो । त्यहाँ सहकारीबाट गैरकानूनी रूपमा करोडौं रुपैयाँ आएको प्रमाण छ । त्यसैले नाम नलेखे पनि रविजी यो समितिको छानबिनबाट टाढा हुनुहुन्न ।’

रविको नाम नलेखे पनि २० वटा सहकारी र थप ९ वटाको विशेष छानबिन गरिने कांग्रेस नेताहरू बताउँछन् । छानबिन माग गरिएका सुप्रिम, सूर्यदर्शन र स्वर्णलमक्ष्मी सहितका ९ वटा सहकारीलाई अनुसूचीको २ नम्बरमा राखेर यीमाथि विशेष छानबिन गरिने ती नेता बताउँछन् । झण्डै १ अर्ब हाराहारीको रकम गैरकानूनी रूपमा गोर्खा मिडियामा आएको र यसको सञ्चालकका रूपमा रवि तानिने कांग्रेसको तर्क छ ।

के–के गर्नेछ छानबिन समितिले ? 

समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानूनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गर्ने र  सुझाव दिनेछ । 

समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकम सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिश गर्ने छ । 

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x