×

NIC ASIA

दराजले घोषणा गर्‍यो ‘६.६ मिड–इयर सेल’ : ७० प्रतिशतसम्मको आकर्षक छुट

काठमाडाैं | जेठ २३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य, दराज नेपालले आफ्नो अत्यधिक प्रतीक्षारत मिड–इयर सेल  ६.६ को घोषणा गरेको छ ।

योजनाअन्तर्गत ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भाउचर लगायत अफरहरू प्राप्त गर्न सक्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ ३०, २०८१)सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

दराज ६.६ मिड–इयर सेल को प्रमुख आकर्षणका रूपमा, विभिन्न विक्रेता मार्फत खरिदकर्ताले अफर दिइएका सामग्रीहरूको खरिदका लागि न्यूनतम रु.४९९ खर्च गरेपश्चात निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन्  ।

Vianet communication

कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको 'फ्री डेलिभरी' ब्यानरमा क्लिक गरी भाउचरहरू संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ ।

साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सीमाबिना पनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।

​उपभोक्ताहरूको शपिङ अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको छ । कार्यक्रम अन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तम मूल्य) ट्याग’का साथ विक्रीका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मूल्यमा खरिद गर्न सक्ने बाचा गरिएको छ ।

६.६ मिड–इयर सेलको अवधिभर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्लाटफर्ममार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’ उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दावी मान्य भएमा खरिदकर्ताले निर्धारित मूल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् । 

६.६ मिड–इयर सेल वृहत् छुट र बचतका बारेमा मात्र नभई, यसको उद्देश्य उपभोक्तालाई बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि रहेको कम्पनीको भनाइ छ ।

स्वास्थ्य र सौन्दर्य, फेसन, अडियो र वेयरेवल्स, फर्निचर, घरको सजावट सामग्री लगायत अन्य थुप्रै उत्पादनमा पनि छुट्याउनै नहुने अफरहरू उपलब्ध हुने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

जेठ १८, २०८१

विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x