×

पशुपतिस्थित किरातेश्वर मृगस्थलीमा हरित काव्य गोष्ठी

काठमाडाैं | जेठ २४, २०८१

शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको आयोजनामा विश्व वातावरण दिवस (पर्यावरण दिवस)को अवसर पारेर  हरित काव्य गोष्ठी सम्पन्न भएको छ ।

Laxmi Bank

बुधवार पशुपति क्षेत्रको किरातेश्वर मृगस्थलीस्थित सत्य सनातन बाबाको कुटीमा भेला भएका डेढ दर्जन कविले पर्यावरणसम्बन्धी कविता वाचन गर्नुका साथै कुटीमाथिको जंगलमा पिपलको रूख रोपेका हुन् ।


Advertisment

कार्यक्रममा साहित्यिक पत्रिका शब्दाङ्कुरका प्रधानसम्पादक धीरकुमार श्रेष्ठले वाचन गरिएका कविताहरू अंग्रेजीमा अनुवादन गरेर शब्दाङ्कुरमा प्रकाशित गर्ने लक्ष्य रहेको बताए । 


Advertisment

यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनको भनाइ थियो ।

सो अवसरमा भीष्म उप्रेती, दिव्य गिरी, रोशन शेरचन, धीरकुमार श्रेष्ठ, रामगोपाल आसुतोष, राधिका कल्पित, विनिशा सापकोटा, मनोज न्यौपाने, प्रेमिला राई, पुरुषोत्तम घिमिरे, कञ्चन जीआर मगर, श्रीराम दाहाल, सञ्जय सुमन, चन्द्रबहादुर लामा, शैलेन्द्र सिग्देल, विश्व सिग्देल र रमी प्रियाले पर्यावरणसम्बन्धी कविता तथा मुक्तक वाचन गरेका थिए।

null

पाठको समयमा बाँसुरीवादक विमल कार्कीले बाँसुरीको धुन प्रस्तुत गरेर रौनक थपेका थिए ।

त्यसक्रममा कवि चन्द्रबहादुर लामाले अंग्रेजी भाषामा अनुवाद गरेका कवितामध्ये भीष्म उप्रेती, धीरकुमार श्रेष्ठ र रोशन शेरचनको कविता कविहरू आफैंले सुनाएका थिए।

कार्यक्रमको समापनका क्रममा सत्य सनातन बाबाले प्रकृतिमाथि जथाभावी आक्रमण गरेर वन विनाश गर्नु सम्पूर्ण मानव सभ्यतालाई नष्ट गर्नुसरह भएको बताए ।

प्रकृतिमाथि भइरहेको ज्यादती रोकेर स्वाधीनता, वैभव र समृद्धिका निम्ति खट्नुपर्ने उनको भनाइ थियो ।

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

असार २५, २०८१

'विश्वविख्यात वैदिक वैज्ञानिक' नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजालद्वारा लिखित यस पुस्तकलाई मानव सेवा फाउन्डेशन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।&nb...

साउन ५, २०८१

पोखरामा साहित्यिक जमघट गराउने थलो बनेको छ– हिमालयन रिडर्स कर्नर । स–साना साहित्यिक कार्यक्रम होस् वा एकैथलोमा गर्न मिल्ने साहित्यप्रेमीको चियागफ । यो सबै माहोलको सिर्जना गर्ने पात्र हुन् विजय भण्ड...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

जेठ १९, २०८१

नेपालको कानून तथा न्याय क्षेत्रमा उनले आफ्नो पृथक पहिचान बनाइसकेका छन्, एक निर्भीक न्यायमूर्तिको रूपमा । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेका कल्याण श्रेष्ठले पछिल्लो समय आफ्नो परिचयको दायरालाई अझ फराकिलो बनाएक...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x