×

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र

काठमाडाैं | जेठ २४, २०८१

अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ । आगामी असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन हुने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए । 

महोत्सवको सुरुआतमा नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ र समापनमा ‘द रेड सुटकेस’ प्रदर्शन गरिने निर्देशक बराइलीले बताए । “नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा, ज्ञानलाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेका हौँ । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अब्बल सावित भइसकेका चलचित्रमार्फत महोत्सवको सुरुआत गर्दैछौँ । यसपटक नेपालको आम जनजीवन र प्रवास नियतिलाई यी दुई चलचित्रले प्रष्ट्याउने हाम्रो आशा छ”, उनले भने ।


Advertisment

चार दिनसम्म चल्ने महोत्सवमा छनोट भएका चलचित्र एएफआइ सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुनेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने छ ।


Advertisment

महोत्सवमा ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ विधाअन्तर्गत ‘इन सर्च अफ रिजोलुसन (डकुमेन्ट्री, नेपाल)’, ‘द स्ट्रेट गाइज (डकुमेन्ट्री, जर्मनी)’ प्रदर्शन गरिनेछ । यस्तै ‘स्पटलाइट’ विधातर्फ ‘वखरी (फिचर ड्रामा, पाकिस्तान–अमेरिका)’, ‘फिचर’ विधामा ‘अलि भर्सेस अलि (डकुमेन्ट्री, इरान)’, ‘डाइभर्सिटी प्लाजा (डकुमेन्ट्री नेपाल–अमेरिका)’, ‘मम (डकुमेन्ट्री, मेक्सिको)’, ‘नोर्चा ः द अर्थक्वेक (डकुमेन्ट्री, इटाली)’, ‘ढोरपाटन–नोट विन्टर होलिडेज (डकुमेन्ट्री, नेपाल)’ र ‘प्रवीण (कथानक, इरान)’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

‘डिएमभी, क्लोजअप’ विधामा ‘लेट हर सिङ्ग (अमेरिका)’,‘मेरा दादु (कथानक, अमेरिका–भारत)’,‘टेन डेज इन सेप्टेम्बर १९५६ (डकुमेन्ट्री, अमेरिका)’ प्रदर्शन गरिनेछ । ‘सर्ट’ विधामा ‘असुरा ः द डेमोन विदिन (हरर, सस्पेन्स–अमेरिका),‘वनकरिया (डकुमेन्ट्री, अमेरिका)’,‘बिअरर अफ ग्लास बिड्स (डकुमेन्ट्री, नेपाल)’, ‘ब्रेक (ड्रामा, नेपाल),‘छाउपडी (डकुमेन्ट्री, नेपाल)’,‘डान्सिङ इन फायर (डकुमेन्ट्री, नेपाल)’,‘धेय ड्रिम्स (डकुमेन्ट्री, नेपाल)’ र ‘म्याचुअर (ड्रामा, जर्मनी)’ प्रदर्शन गरिनेछन् । 

यस्तै ‘नो मोनास्ट्री नो भिलेज (डकुमेन्ट्री, जर्मनी)’, ‘न्याङ्गा (डकुमेन्ट्री, मेक्सिको)’,‘पाल एलन द वल्र्ड (ड्रामा, बेलारुस)’,‘रेमिङ्टन (डकुमेन्ट्री, मेक्सिको)’,‘रेमन्यान्ट्स (नेपाल, स्पेन)’,‘रोशी (नेपाल)’,‘सनई (नेपाल)’,‘स्कुल बेञ्चेज (इरान)’,‘स्ट्रिट फोटोग्राफर (भेनेजुएला)’,‘सुवास (द एक्रोपाइलट)’,‘अनकम्पिलटेड (नेपाल, अमेरिका)’,‘हु (द कल्प्रिट)’, र ‘वाइन्डहर्स (नेपाल)’ ‘सर्ट’ विधाअन्तर्गत नै प्रदर्शन तय गरिएको महोत्सव निर्देशक बराइलीले जानकारी दिए । 

महोत्सव अवधिभर चलचित्र र संस्कृतिबारे छलफल गरिने जनाइएको छ । चलचित्र निर्माणबारे ‘मास्टरक्लास’ पनि सञ्चालन हुने आयोजकको भनाइ छ । 

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x