×

NIC ASIA

मुलुक विकासका लागि स्रोत र साधनको अधिकतम प्रयोग जरुरी : अध्यक्ष नेपाल

धनुषा | जेठ २८, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्न जरुरी रहेको बताएका छन् ।  आजदेखि जनकपुरधाममा सुरु जनता समाजवादी पार्टी (जसपा)नेपालको राष्ट्रिय एकताको प्रथम महाधिवेशनको उद्घाटनका अवसरमा उहाँले उक्त धारणा राखेका हुन् ।  
    
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जनता समाजवादी निकै कठिन अवस्थाबाट गुज्रे पनि अहिलेको परिवर्तनलाई संस्थागत गर्दै दृढ इच्छाशक्तिसहित अगाडि बढ्नुको कुनै विकल्प नभएको बताए । 
    
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पछिल्लो समय मधेस पहाडबीचको सम्बन्ध सुमधुर भएको उल्लेख गरे । विभिन्न प्राकृतिक विपत्तिको समयमा दुवै भूगोलमा बस्ने जनताले देखाएको सद्भावले यसलाई पुष्टि गरेको उनको भनाइ थियो । सबै राजनीतिक दलहरू सहअस्तित्वका साथ काम गर्न आवश्यक भएको उल्लेख गर्दै उनले कुनै पनि पार्टी विभाजन मुलुकका लागि राम्रो नहुने बताए । 
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मधेस आन्दोलनसहित अन्य आन्दोलनको बलमा प्राप्त भएको २०७२ सालको संविधानको रक्षा गर्दै मुलुकमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै मुलुकलाई विकासको पथमा अघि बढाउनुको विकल्प नभएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x