×

सुपर न्यादीको काम अझै ३५ प्रतिशत बाँकी

काठमाडाैं | जेठ ३१, २०८१

लमजुङ– जिल्लामा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको निर्धारित निर्माणकार्यको म्याद सकिन लागे पनि अझै ३५ प्रतिशत निर्माणकार्य बाँकी रहेको छ । 

सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको आगामी असारभित्रमा सम्पन्न गर्नुपर्नेमा अझै उक्त प्रतिशत काम बाँकी रहेको हो । यो आयोजनाको दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता गर्दै अघि बढे पनि हालसम्म ६५ प्रतिशतमात्र निर्माण सम्पन्न भएको उक्त आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङले बताए । 


Advertisment

उनले निर्धारित समयमा काम सम्पन्न गर्नेगरी अघि बढेको यो आयोजना कोरोना महामारीका कारण एक दिनमा हुने काम सात दिन लागेको, कामदार आउन समस्या, सामग्री ढुवानीमा समस्यालगायतले निर्माण कार्यमा ढिलाइ हुँदा अझै ३५ प्रतिशत निर्माणकार्य बाँकी रहेको बताए । 


Advertisment

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) अनुसार दुई वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत् उत्पादन शुरू गरिसक्नुपर्ने समय करिब एक महिनामात्र बाँकी छ । निर्धारित समयमा काम सम्पन्न नहुने भएपछि आगामी असोजभित्रमा काम सम्पन्न गर्नेगरी अघि बढेको आयोजनाका प्रबन्ध निर्देशक गुरुङको भनाइ छ । 

प्रसारण लाइनको ट्रान्समिसन लाइन सम्पन्न नभएका कारणले पनि निर्माणमा ढिलाइ भएको र सो निर्माण हुने समयमा आयोजनाको काम सबै सम्पन्न गर्दै बिजुली उत्पादन गर्नेगरी अघि बढिरहेको आयोजनाका प्रबन्ध निर्देशक गुरुङले बताए । उनले आयोजनाको निर्माणकार्य लम्बिँदा नियमित भार परे पनि करिब रु सात अर्ब लागतको लक्ष्यमै निर्माण सम्पन्न गरिने उल्लेख गरे । 

हालसम्म यस आयोजनाको विद्यृत्गृह पुग्ने पहुँच सुरुङमार्गको ‘ब्रेक थ्रू’ सम्पन भएको छ भने विद्युत्गृह निर्माणका लागि तीन सय ८७ मिटर सुरुङमार्ग निर्माण गर्ने कार्य, छ हजार आठ सय मिटरको सुरुङमार्गमध्ये पाँच हजार छ सय मिटर टनेलको सुरुङ निर्माणको काम सम्पन्न भएको छ । 

त्यस्तै भूमिगत पावर हाउसको खन्ने, सुरुङका लागि दुई अडिट टनेलसहित पाँच सय मिटर खन्नेलगायतका काम सम्पन्न भइसकेको छ । साथै ड्यामसाइडसम्मको २२ किलोमिटर सडक निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पेनस्टक, अन्टरग्राउड, पावर हाउसको काम ८० प्रतिशत सम्पन्न भएको छ ।  सिभिलको काम अन्डरग्राउड टनेल खन्ने काम, पावरहाउसको अन्डरग्राउण्ड खन्ने काम, मुख्य सुरुङ खन्ने काम, इलोटोकमेकाइनिकललगायत काम यतिबेला तीव्र रूपमा भइरहेको छ ।  

जीएन्डजी इन्फ्र प्राइभेट लिमिटेडले निर्माणको काम गरिरहेको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ वित्तीय संस्थाले रु पाँच अर्ब २५ करोड ऋण लगानी गरेका छन् । प्रवद्र्धकको इक्विटी (स्वपुँजी) रु एक अर्ब ७५ करोड रुपैयाँ रहने छ ।  उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवद्र्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ । 

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत्गृहबाट ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने एक सय ३२ केभी प्रसारण लाइन खुदी सबस्टेशनमा जोडिने भएको छ । सबस्टेशनसम्मको प्रसारण लाइनमध्ये करिब छ किलोमिटर आयोजनाले नै निर्माण गर्ने भएको छ । आयोजनाका अनुसार वर्षातको ६ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा आठ रुपैयाँ ४० पैसाका दरले विद्युत् खरिद बिक्री गरिने छ । -रासस

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x