×

कोशीको बजेट : पूर्वाधारका लागि १० अर्ब ४१ करोड, कृषिमा अढाइ अर्ब

विराटनगर | असार १, २०८१

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालू वर्षको तुलनामा बढी हो ।

प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट वियोजन गरिएको जानकारी दिए ।


Advertisment

यस्तै कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ ।


Advertisment

कृषिमा कोशी प्रदेशलाई धानको बिउको स्रोत व्यवस्थापन गर्ने, ब्याज अनुदान दिइने, चियाको अन्तराष्ट्रिय सम्मेलन गर्ने, खोरेँत नियन्त्रण गर्ने तथा सबै जिल्लामा भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने उल्लेख छ ।

null

यस्तै कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

चालू आर्थिक ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये ससर्त अनुदानमा ७ करोड ५५ लाख थप भइ कूल बजेट ३६ अर्ब ८१ करोड ९० लाख कायम भएको बताए । यस्तै वैशाख मसान्तसम्ममा कूल खर्च १५ अर्ब ८८ करोड २३ लाख भएको छ ।

गत वर्षको सोही अवधिमा १९ अर्ब ७ लाखको तुलनामा ५ प्रतिशतले कमी आएको हो । वैशाख मसान्तसम्ममा ४३ प्रतिशत बजेट खर्च भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा ४८ प्रतिशत खर्च भएको थियो ।

चालू आर्थिक वर्षको अन्तिमसम्ममा ८० प्रतिशत भन्दा माथि खर्च हुने अनुमान मन्त्री मगरले गरेका छन् ।

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x