×

‘कर्मचारीको तलब किन बढेन, भ्रष्टाचार नगर्नेले मन्त्री–प्रधानमन्त्रीको मुख हेरेर बस्ने ?’

काठमाडाैं | असार २, २०८१

नयाँ बजेटमा कर्मचारीको तलब नबढेको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमै विरोध जनाएका छन् ।

प्रत्येक वर्ष मुद्रास्फिति बढे पनि वर्षौंदेखि तलब नबढेको भन्दै उनले आपत्ति जनाए । 


Advertisment

विनियोजन विधेयकअन्तर्गत अर्थमन्त्रालयमाथिको छलफलका क्रममा आइतबार प्रतिनिधि सभा बैठकमा सांसद सिंहले कर्मचारीले घरपरिवार चलाउने न्यूनतम् आवश्यकता पनि सरकारले पूरा नगरेको बताए । 


Advertisment

‘दक्षिण एसियामा सबैभन्दा धेरै कर तिर्ने नेपाली हुन्, तर सबभन्दा कम सुविधा नेपालीले नै पाइरहेका छन् । हरेक साल मुद्रास्फिति हुन्छ । कर्मचारीको तलब बढ्दैन,’ सांसद सिंहले भने, ‘भ्रष्टाचार नगर्ने कर्मचारीले मन्त्रीको मुख हेर्ने ? प्रधानमन्त्रीको मुख हेर्ने ? घरपरिवार चलाउन न्यूनतम् आवश्यकता पनि पूरा भएको छैन । वर्षौंदेखि तलब बढेको छैन ।’

कर्मचारीको तलब नबढे पनि मन्त्रीहरू भने महंगा गाडीमा हिँडिरहेको आरोप उनले लगाए ।

‘५ ट्रिलियनको अर्थतन्त्र भएको भारतका मन्त्रीहरू सुजुकीको गाडी चढ्छन् । नेपालका मन्त्रीलाई महंगो प्राडो र पजेरो चाहिने ?’ उनले प्रश्न गरे । 

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x