×

हाइटेन्सन लाइनले लियो बालिकाको ज्यान, विद्युत् प्राधिकरणले बेवास्ता गरेको आफन्तको आरोप

काठमाडाैं | असार ५, २०८१

नुवाकोटको बेलकोटगढी नगरपालिका- १३ स्थित चरन क्षेत्रमा बाख्रा चराउन गएका बेला हाइटेन्सन लाइनको प्रभावमा परेर करेन्ट लागेकी १३ वर्षीया बालिका इन्दिरा राईको मृत्यु भएको छ ।

शनिबार अपरान्ह ३ बजे घटना भएलगत्तै उनलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका लागि ल्याइएको थियो । बुधबार दिउँसो २ बजे आसपास उनको मृत्यु भएको आफन्त नारन राईले लोकान्तरलाई जानकारी दिए ।


Advertisment

६६ केभीको त्रिशूली बालाजु ग्रिड अन्तर्गतको हाइटेन्सन लाइनको चार्जिङ करेन्टले बालिका बेहोस भएकी थिइन् ।


Advertisment

नुवाकोटस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयका कर्मचारीका अनुसार बाख्रा चराउने क्रममा बालिका अलि अग्लो ढिस्कोमा बसेर आराम गर्न खोजेकी थिइन् । 

'ढिस्को र लाइनको बीचमा ग्राउण्ड क्लियरेन्स निकै कम थियो,' त्यहाँका एक कर्मचारी इन्द्र जिसीले लोकान्तरसँग भने, 'त्यहीँ चार्जिङ करेन्टको प्रभावले बालिकालाई करेन्ट लागेको हो ।'

बालिकाको घरायसी आर्थिक अवस्था कमजोर भएकोले उपचार गरिदिन प्राधिकरणको मीन भवनस्थित शाखामा निवेदन दिइएको भए पनि त्यहाँका कर्मचारीले वास्ता नगरेको आफन्तले आरोप लगाएका छन् ।

'५ लाख डिपोजिट गर्नुपर्छ भनेको थियो, हामीसँग त्यति पैसा थिएन,' बालिकाको उपचारमा सहजीकरण गर्दै आएका स्थानीय रमेश पाण्डेले भने, 'पैसा भएको भए हिजै भेन्टिलेसनमा राखिदिने कुरा थियो ।'

उनले स्थानीय तहको सिफारिस र अन्य दस्तावेजसहित प्राधिकरणको शाखा अफिस मीनभवनमा उपचारका लागि सहजीकरण गरिदिन निवेदन दिइएको भए पनि त्यहाँका कर्मचारीले असहयोग गरेको गुनासो गरे ।

कार्यालय प्रमुख श्रीराम पाण्डे युरोप भ्रमणमा भएकाले अहिल्यै केही गर्न नसकिने जवाफ पाएको पाण्डेको भनाइ छ ।

घटनापछि प्राधिकरणले उक्त लाइनको तार तानेर केही माथि लगिसकेको छ भने त्यहाँ माटो र बालुवा थुपारेर ढिस्को बनाउने ठेकेदारलाई ढिस्को हटाउन भनिसकेको छ । 

करेन्ट लागेकी बालिकाको उपचारभन्दा पनि प्रमाण मेटाउन प्राधिकरण लागिपरेको आरोप मृतक बालिकाको आफन्तले लगाएका छन् ।

असार २ गते नै सबै कागजात बुझाउँदा पनि प्राधिकरणले बेवास्ता गरेको उनीहरूको दाबी छ ।

प्राधिकरणका प्रवक्ता चन्दन घोषले प्रक्रियासहित आएको भए मात्र प्राधिकरणले बालिकाको उपचारमा सहयोग हुने बताए । 'मैले केही गर्न सक्दिनँ, प्रक्रियासहित आएको हुनुपर्‍यो । त्यसपछि हामी छानबिन गर्छौं र विद्युत् दुर्घटना क्षतिपूर्ति नियमावलीअनुसार गर्छौं,' उनले लोकान्तरसँग भने ।

क्षतिपूर्तिका लागि बेलकोटगढीले लेखेको पत्र यस्तो छ

null

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x