×

स्पेन र इटालीबीच महाभिडन्त, दुवैको लक्ष्य जीत निकाल्दै दोस्रो चरणमा पुग्ने

काठमाडाैं | असार ६, २०८१

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगितामा बिहीवार राति स्पेन र इटालीबीच महाभिडन्त हुँदैछ । नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे जर्मन क्लब साल्काको मैदान गुल्सेनकिरचेनमा हुने यो खेलमा दुवै महारथी टोली जीत निकाल्दै दोस्रो चरणमा जाने लक्ष्यमा हुनेछन् ।

सर्वाधिक तीन पटकको युरोकप विजेता स्पेन र दुई पटकको विजेता इटाली अन्तर्राष्ट्रिय फूटबलमा प्रमुख प्रतिद्धन्द्धी मानिन्छन् । यसर्थ मध्यराति हुने खेल रोचक हुने अपेक्षा गरिएको छ ।


Advertisment

यसअघिको युरोकपमा स्पेनलाई नै हराएर इटालीले फाइनल यात्रा तय गरेको थियो । यसर्थ पनि स्पेन त्यसैको बदला लिन मैदानमा उत्रने छ । यता साविक विजेता इटाली भने अघिल्लो संस्करणको नतिजा कायमै राख्ने ध्याउन्नमा हुनेछ ।


Advertisment

समूह ‘बी’मा १–१ खेल जितेर स्पेन र इटालीले ३–३ अंक जोडेका छन् । गोल अन्तरका आधारमा स्पेन शीर्ष स्थानमा छ । यो खेल जित्ने टोली अन्तिम १६ मा पुग्ने निश्चित छ । यसै समूहका क्रोएसिया र अल्बानियाले भने बराबरी खेल्दै १–१ अंक बाँडेका छन् । समूह ‘बी’लाई ‘ग्रुप अफ डेथ’ मानिएको छ । यसर्थ पनि स्पेन र इटाली मध्यराति सकभर अंक नगुमाउनकै लागि खेल्नेछन् ।

यसैगरी बिहीवार साँझ समूह ‘सी’का २ खेल हुँदैछन् । ६ः४५ बजे हुने खेलमा स्लोभेनिया र सर्बियाको भेट हुनेछ ।

यस्तै राति ९ः४५ बजे डेनमार्क र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । 
 

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x