×

स्लोभाकियामाथि युक्रेनको पुनरागमन जीत, जोड्यो महत्वपूर्ण ३ अंक

काठमाडाैं | असार ७, २०८१

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगितामा युक्रेनले पुनरागमन जीत निकालेको छ ।

शुक्रवार साँझ भएको खेलमा युक्रेनले एक गोलले पछि परेको अवस्था उल्टाउँदै स्लोभाकियामाथि २–१ गोल अन्तरको पुनरागमन जीत निकालेको हो ।


Advertisment

डुसेल्डोफमा भएको खेलको १७ औँ मिनेटमा नै स्लोभाकियाले अग्रता लिएको थियो । इभान स्चरान्जले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् ।


Advertisment

तर दोस्रो हाफको ५४ औँ मिनेटमा युक्रेन खेलमा फर्कियो । मिकोला सापारेन्कोले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो खेल हारेकाले शुक्रवार जित्नैपर्ने दबाबका साथ मैदानमा उत्रिएको युक्रेनले खेलको अन्त्यतिर अर्थात ८० औँ मिनेटमा गोल गर्यो । रोमन यारेम्चुकले गरेको गोल नै निर्णायक बनेको हो ।

यस जीतसँगै युक्रेनले महत्वपूर्ण ३ अंक जोडेको छ । उसले दोस्रो चरणमा जाने आशा जीवितै राखेको छ । 

समूह ‘ई’मा स्लोभाकिया र रोमानियाले १–१ खेल जितेर ३–३ अंक जोडेका थिए । अब युक्रेनको पनि समान ३ अंक भएको हो ।

तीन टोलीले ३–३ अंक जोडेपछि यो समूहको भिडन्त रोचक बनेको छ । स्लोभाकियासँग हारेको बेल्जियम भने अंकविहीन छ ।

यस्तै राति ९ः४५ बजे पोल्यान्ड र अस्ट्रिया भिड्नेछन् । समूह ‘डी’का यी दुवै टोलीले पहिलो खेलमा हार ब्यहोरेका थिए । यसर्थ दुवै टाेली एकअर्कालाई हराएर दोस्रो चरणमा जाने सम्भावना कायमै राख्न चाहन्छन् ।

मध्यराति १२ः४५ बजे दुई पटकको विजेता फ्रान्स र सन् १९८८ को विजेता नेदरल्यान्ड्सबीच महाभिडन्त हुँदैछ । यी दुवै टोलीले पहिलो खेलमा जीत हात पारेका थिए । यसर्थ मध्यरातिको खेल जित्ने टोली अन्तिम १६ मा पुग्नेछ । 

यसर्थ समूह ‘डी’को यो खेल रोमाञ्चक हुने विश्वास गरिएको छ । 
 


 

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x