×

नेताहरु जनताका सेवक बन्नुपर्नेमा मालिक बनेः अध्यक्ष साह

काभ्रेपलाञ्चोक | असार ८, २०८१

 आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालका पार्टी र नेताहरु मोटाए पनि जनता दुब्लाउँदै गएका बताएका छन्। काभ्रेपलाञ्चोकको बनेपामा आज सोही पार्टीको तामाङसालिङ–नेवाः प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक पार्टीका नेताहरु जनताका सेवक बन्नुपर्नेमा मालिक बनेको आरोप लगाए । 

पञ्चायत हुँदै बहुदल र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको जीवनस्तर उकास्ने भनेर नारा लगाए पनि व्यवहारमा लागू नभएको बताए। “जनतालाई अधिकारसम्पन्न बनाउँछौँ भनेर सबै दल र नेताले भन्दै आएका छन् तर ती कागज र नारामा मौत्र सीमित भएका छन् । जनताको अवस्थामा आमूल परिवर्तन गर्न सकिएको छैन”, उनले भने,“अहिलेका जनप्रतिनिधि पनि पार्टीका कारिन्दामात्रै बनेको छन् । पार्टीको हैकम चल्ने व्यवस्थालाई लोकतन्त्र कसरी भन्ने ? त्यसैले हाम्रो पार्टीले त्यस्ता प्रवृत्तिविरुद्ध विभिन्न अभियान गरिरहेको छ ।”


Advertisment

अध्यक्ष साहले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र लोकतन्त्र ल्याउन लडाइँ लडिएकामा अहिले सीमित नेताको वरिपरिमात्रै मुलुक चल्ने अवस्थाले समस्या समाधान गर्न नसकिएको जिकिर गरे । 


Advertisment

पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र तामाङले तामाङसालिङ–नेवाः प्रदेशले बनेपामा लघुवित्त एवं बैंकले लिएको मनोमानी ब्याज फिर्ता तथा सहकारी ठगीविरुद्धमा खबरदारी गरिएको बताए । 

यसअघि बनेपाको पुलबजारबाट तरकारी बजारसम्म आयोजना गरेको ‘लघुवित्त एवं बैंकले लिएको मनोमानी ब्याज फिर्ता तथा सहकारी ठगीविरुद्धमा खबरदारी र्याली’ मा काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका गरी पाँच जिल्लाका पार्टी नेता, कार्यकर्ताको सहभागिता थियो ।

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x